प्रहार समाचार । तनहुँ, पुस १० मंगलबार । तनहुँको ऋषिङ गाउँपालिकाले श्रीङ्गपथ मोटरमार्गको सुधार कार्य अगाडी बढाएको छ।
भिमाद हुँदै ऋषिङ्ग, घिरिङ , नवलपुर , पाल्पा, नवलपरासी र स्याङ्जा जोडिने बाटो बिग्रीएर खाल्डाखुल्डी भएपछि सुधार गर्ने काम अगाडी बढाएको पालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले बताए ।अध्यक्ष श्रेष्ठले भने- ‘बाटोमा धेरै खाल्डा खुल्डि भएकाले यात्रामा असहजता भएकाले खाल्डा पुर्ने, सरसफाई गर्ने काम अगाडी बढाएको हो’ ।
गाउँपालिकाले खाल्टो पुर्ने र सफा गर्ने काम सुरु गरे सँगै तत्कालका लागि यात्रा गर्न सहज हुने भएको छ।