प्रहार समाचार । तनहुँ, जेठ ११ ।ऋषिङ गाउँपालिका–३ मा अवस्थित आदिकवि भानुुभक्त क्याम्पसको मितेरी गाउँ दुबुङको शान्ति माविका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ ।
युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको अभियान अन्तगत कक्षा १ देखि ५ कक्षा सम्म अध्ययनरत न्यून आय भएका ३६ जना विद्यार्थीहरूलाई शैक्षिक सामाग्री सहयोग गरिएको सर्कलकका अध्यक्ष सुमन खड्काले बताए ।
कार्यक्रममा रिसिङ ३ का वडा अध्यक्ष भीमबहादुर थापा र आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हड्खले लगायतले संयुक्त रूपमा विद्यार्थीहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा पर्यटन विद् हरि सिं गुरुङ, शान्ति मावि का अध्यक्ष वेलबहादुर आले, नबिल र्बैकं दमौली शाखा प्रबन्धक विष्णु रायमाझी,सर्कलका उपाध्यक्ष पुष्प पण्डित,शान्ति माविका प्रअ ऋषिराम रानाभाट लगायतकाले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा क्याम्पसका प्रध्यापक तिल बहादुर थापा, धन बहादुर थापा, इएमआईएस प्रमुख ई.अनमोल प्रधान, शान्ति माविका शिक्षक एवं विद्यार्थीहरु लगायतको उपस्थिति रहेको क्याम्पसका लेखा अधिकृत विष्णु रिजालले बताए ।