प्रहार समाचार । तनहुँ, जेठ ८ । तनहुँको व्यास नगरपालिका वडा नं. ९ मा संचालित प्रथम वडा कप २०८१ सेभेन ए साईड फुटवल प्रतियोगितामा सम्पन्न भएको छ।
१४ टिमको सहभागीता रहेको उक्त प्रतियोगितामा वशाहस्थान टोल विकास संस्थाले उपाधि चुम्न सफल भएको छ। जित संगै संस्थाले १५ हजार रुपैंयाँ, ट्रफी र मेडल प्राप्त गरेको हो । आयोजक क्लवले दोस्रो स्थान प्राप्त गरी १० हजार रुपैंयाँ नगद, ट्रफी , मेडल र सिमलचौर टोल विकास संस्थाले तेस्रो स्थान प्राप्त गरी ५ हजार रुपैंयाँ नगद, ट्रफी र मेडल प्राप्त गर्न सफल भएको थियो ।
विजयी खेलाडीलाई नगद, ट्रफी र मेडल प्रदान गर्दै व्यास नगरपालिका ९ नम्बर वडा अध्यक्ष सुरेश थापाले खेलकुदको विकास हुनु भनेको नै स्वथ्य नागरिकको विकास गर्नु भएको चर्चा गर्दै खेलकुदमा समर्पित खेलाडीको कारण आज विदेशमा समेत नेपालको नाम चिनाउन सकिएकोमा गर्व गर्नु पर्ने बताए ।
क्लबकाअध्यक्ष नरबहादुर गुरुङको सभापतित्वमा सम्पन्न उक्त
कार्यक्रममा कलेस्ती उपत्यका महिला विकास संस्थाका अध्यक्ष रामप्यारी आले, राजापानी टोल विकास संस्थाका अधयक्ष रामचन्द्र रेग्मी, समाजसेवी भोटबहादुर थापा,रुपबहादुर अधिकारी लगायतले मुलुकको समृद्धि र विकासको पहिलो आधार नै खेलकुदको विकास भएको बताए । उक्त कार्यक्रमको सहजीकरण क्लवका उपाध्यक्ष धर्मराज गोदारले गरेका थिए ।