प्रहार समाचार । तनहुँ, फागुन १७ विहिवार । तनहुँ जिल्लाको व्यास नगरपालिकावडा नं १ अन्तर्गत पर्ने पुरानो छाप्दी मार्गको अकला बगैँचा क्षेत्रमा कालोपत्रे गरिएको छ।
गण्डकी प्रदेश सरकारको ३० लाखको बजेटमा बगैचा नजिकैको खोल्साको पहरा कटिङ गर्ने तथा झन्डै २०० मिटर कालोपत्रे गर्ने काम सम्पन्न भएको हो ।
व्यास नगरपालिका वडा नम्बर १ को कार्यालयको पहलमा उक्त कालोपत्रे गर्ने काम सम्पन्न भएको व्यास १ का वडा अध्यक्ष रमेश चन्द्र हड्खले बताउँछन् । उक्त कालोपत्रे भएपछि त्यस मोटमार्ग हुँदै चारकुने तथा छाब्दी बाराही मन्दिर जान थप सहजता हुने बताइएको छ ।
यसै बिच सडक कालो पत्रे गर्ने क्रममा सडकको छेउमा पर्ने दुईवटा आँपका पुराना रुखलाई पर्यवरणीय हिसावले महवपूर्ण ठानेर रुख नकाटी वरिपरी सडक कालोपत्रे गरिएको छ।