हेडलाईनव्याससमाचारगण्डकीस्वास्थ्य

व्यास नगर प्रमुख न्यौपाने थाइल्याण्डको बैंककमा : दीर्घकालीन सरसफाई व्यवस्थापनमा प्रस्तुतिकरण

प्रहार समाचार । तनहुँ, १४ मंसिर २०८१ शुक्रवार । व्यास नगरपालिकाको दीर्घकालीन सरसफाई व्यवस्थापन सम्बन्धि विषयमा नगर प्रमुख वैकुण्ठ न्यौपानेले थाइल्याण्डको   व्याङ्ककमा आफ्नो प्रस्तुतिकरण दिएका छन् ।

नगर प्रमुख न्यौपानेले एशिया प्यासिफिक मेयर्स एकेडेमीको समापन समारोहमा  दीर्घकालीन सरसफाई व्यवस्थापनको विषयमा नगरपालिकाले गरेका काम र सामना गरिएका चुनौतीहरूबारे  प्रस्तुतिकरण दिएका ग हुन् ।
‘फोहोरलाई मूल्यमा स्थानान्तरण गर्दै  व्यास नगरपालिकामा दिगो फोहोर व्यवस्थापन’
शीर्षकमा आधारित उक्त प्रस्तुतिकरणले व्यास नगरपालिकाले फोहोर व्यवस्थापनका क्षेत्रमा अपनाएका नवीनतम उपाय र सफलताका  कहिल्यै नटुंगिने चुनौतीहरूको चर्चा गरिएको थियो । नगरपालिकाले समुदायको सक्रिय सहभागिता र नवीन प्रविधिको प्रयोगमार्फत फोहोरलाई उपयोगी साधनमा रूपान्तरण गर्दै आएको नगर प्रमुख न्यौपानेले उल्लेख गरेका थिए ।

नगर प्रमुख न्यौपानेले फोहोर वर्गीकरण: स्रोतमै जैविक र अजैविक फोहोरको वर्गीकरण गरी पुनः प्रयोग र पुनः प्रसोधन , कम्पोस्ट उत्पादन: जैविक फोहोरलाई मलमा रूपान्तरण गरी कृषिमा उपयोग गर्दै आर्थिक मूल्य सिर्जना, प्लास्टिक पुनः प्रयोग: प्लास्टिकजन्य फोहोरलाई पुनः प्रयोग गर्ने कार्यक्रमहरू,
सामुदायिक सहभागिता: फोहोर व्यवस्थापनमा जनचेतना अभिवृद्धि गर्दै घर-घरमा सरसफाई संस्कारको विकास लगायतका विषयमा चर्चा गरेका थिए ।

 

नगर प्रमुख न्यौपानेले स्थानीय स्रोत, जनशक्ति र प्रविधिको सीमितताका बाबजुद नगरपालिकाले दीर्घकालीन र प्रभावकारी योजनाहरू अघि सार्दै आएको बताएका थिए ।  प्रस्तुतिकरणमा व्यास नगरपालिकाका गतिविधिहरू अन्य नगरपालिकाहरूका लागि उदाहरणीय हुन सक्ने कुरा पनि सहभागीहरूले स्वीकार गरेका थिए।

उक्त कार्यक्रममा नगर प्रमुख न्यौपानेले अन्तर्राष्ट्रिय प्रतिनिधिहरूसँग विचार आदान-प्रदान गर्दै व्यास नगरपालिकाको सफलताका मोडेलहरू प्रस्तुत गर्दै चुनौतीहरूको सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य र सहयोगको आवश्यकता औल्याएका थिए ।

नगरपालिकाको सरसफाई अभियान र दीर्घकालीन सोचले पूर्णता पाएमा स्थानीय समुदायलाई मात्रै नभई अन्य नगरपालिकालाई पनि प्रेरणा मिल्ने विश्वास लिइएको छ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button