प्रहार समाचार । तनहुँ, जेठ १४ । तनहुँको व्यास नगरपालिकालाई धानको बिउ उत्पादनमा आत्मनिर्भर बन्ने भएको छ।
नगरका कृषकहरुलाई धानको बिउमा आत्मनिर्भर बनाउने उदेश्यले सोमबार एक दिने कृषक स्तरमा धान खेती/ विउ उत्पादन सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । व्यास नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष सुरेश थापाले व्यास नगरलाई धानको बिउमा अत्मनिर्भर बनाउँदै कृषकहरूको आयस्तरमा वृद्धि गराईने बताए ।
कार्यक्रममा विउ बिजन प्रयोगशाला पोखराका अधिकृत रत्नमणि ढकाल, कृषि ज्ञानकेन्द्र तनहुँका वालि संरक्षण अधिकृत किरण परियार लगायले प्रशिक्षण प्रदान गर्दै धान उत्पादनमा गुणस्तरिय बिउको महत्वपूर्ण भूमिका रहने बताए ।
सुनौलो नयाँ गोरेटो कृषि सहकारी संस्था व्यास ९ गजौंडेका अध्यक्ष विष्णु अधिकारीको सभापतित्वमा भएको तालिममा २५ जना धान बिउ उत्पादक कृषकहरुको सहभागिता रहेको सहकारीका उपाध्यक्ष रामप्यारी आलेले बताईन।
कार्यक्रमको सहजीकरण संस्थाका सचिव राजु आचार्यले सहजिकरण गरेका थिए।