हेडलाईनव्याससमाचारगण्डकीस्वास्थ्य

व्यास नगरपालिकालाई पूर्ण खोप घोषणा गरियो

प्रहार समाचार । तनहुँ, जेठ ७ । १४ वटा वडामा विभाजित तनहुँको व्यास नगरपालिकालाई पूर्ण खोप घोषणा गरिएको छ।
सोमबार व्यास नगरपालिकामा आयोजित खोप समन्वय समितिको सचिवालय तनहुँले पूर्ण खोप पालिका सुनिश्चित गर्ने राष्ट्रिय पूर्ण खोप निर्देशिका बमोजिम व्यास नगरपालिकालाई सम्पूर्ण प्रक्रिया पूरा गरेको हुनाले खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेको हो ।

व्यास नगरपालिकाका १४ वटै वडामा प्रक्रिया पूरा गरी आज जेठ ७ गते सोमबार १६ देखि ५९ महिनासम्मका सबै बालबालिकालाई पूर्ण खोप पाएको सुनिश्चितता प्रदान गरिएको हो।
व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेलाई खोप समन्वय समितिका अध्यक्ष शान्तिरमण वाग्ले तथा सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख डा. विद्या तामाङले संयुक्त रुपमा उक्त प्रमाणपत्र प्रदान गरेका थिए ।

व्यास नगरपालिकाभित्र कुल ५१ वटा खोप केन्द्र रहेका छन् । व्यास नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविका मार्फत १६ देखि ५९ महिनासम्मका सबै बालबालिकालाई लगाउनुपर्ने १३ प्रकारका खोपहरू लगाइसकेको जनाएको छ ।

 

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button