हेडलाईनव्याससमाचारगण्डकी

विपीको विचार छाडेकाले कांग्रेस कमजोर बनेको वक्ताहरुको भनाई

प्रहार समाचार । तनहुँ ६ साउन २०८१ आइतबार ।  नेपाली काँग्रेसले बीपी काइरालाको विचारलाई छोडेकोले दिनप्रतिदिन कमजोर बन्दै गईरहेको वक्ताहरुको भनाई रहेको छ।

विपी कोइरालको ४२ औं स्मृति दिवसको अवसरमा बीपी बिचार समाज तनहुँले  दमौलीमा ‘बर्तमान नेपालको राजनीति सन्र्दभ र विपीको विचार’ विषयक एक दिवसीय विचार गोष्ठीका वक्ताहरुले नेपाली कांग्रेस एक्लै दुई तिहाई ल्याएको पार्टीले विचारलाई छोडेर सत्तालाई प्राथमिकता दिँदा काँग्रेस कमजोर बन्न पुगेको बताए । वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य सुकुमलाल गुरुङले फरक आस्था र विचार भएको पार्टीसँग गठबन्धन गरेर चुनाव लड्ने र सत्तालाई प्राथमिकता दिएकोले कांग्रेस पलायनको बाटोमा हिडिरहेको बताए ।

 


कार्यक्रममा अर्का बक्ता बीपी विचार राष्ट्रिय समाजका गण्डकी प्रदेशका निर्वतमान सचिव परशुराम गिरीले कसरी हुन्छ सरकारमा पुग्ने, मिलिजुली बसौं र मिलिजुली लुटेर खाऔं भन्ने मानसिकताले गर्दा काँग्रेस कमजोर भएको जिकिर गरे ।


बीपी विचार समाज तनहुँका सभापति हरिशरण पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा समाजका सल्लाहकार ऋषिराम पोख्रेल, समाजका उपसभापति क्याप्टेन रेशमबहादुर गुरुङ, सदस्य रघुबहादुर केसी, तनहुँ सङ्ग्रालयका अध्यक्ष तथा लेखक देवीबहादुर बस्न्यात, समाजका क्षेत्र नम्बर १ का सभापति केशरबहादुर गुरुङ, क्षेत्र नम्बर २ का सभापति नरेन्द्र थापा, समाजसेवी हिमबहादुर रानाभाट लगायतले कांग्रेस सच्चिएर नगर सक्किने धारणा राखेका थिए ।  कार्यक्रमको सहजीकरण समाजका सदस्य सोलबहादुर चितौरे मगरले गरेका थिए ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button