हेडलाईनविचारसबै प्रदेश

सम्पादकीय : विजया दशमीको शुभकामना

विगतका वर्षहरु भन्दा नितान्त फरक ढङ्गबाट यस वर्षको दशैं नेपालीहरुको घर आँगनमा भित्रियो । अविरल वर्षा पछि आएको  बढी र पहिरोले ठूलो जन धनको क्षति पुऱ्यायो । कयौं घरपरिवार अहिले पनि घरबार बिहिव अवस्थामा छन् । धेरै घर परिवारहरुमा आफ्ना परिवारका सदाय गुमाउनु परेको पिडाले  आँखा ओभानो भइसकेका छैनन् ।

 

यस पटकको बाढि पहिरोमा  परेकाहरुलाई उद्दारगर्ने काममा सरकारले जति नै ढोल बजाए पनि लाचार देखियो । घण्टौं गुहार गुहार भन्दा पनि बाँच्न पाएनन् नागरिकले । र पऱ्यो नदिमा बग्न । पछिल्लो समय हरेक सामान हुको मूल्य बढेर महङ्गीले आकाश छोएको छ। देशमा शान्तिले बाँच्ने , आनन्दले श्वास फेर्ने वातावरण सृजना हुन सकेको छैन् । कृषिप्रधान देशमा अधिकांश जग्गा जमिनहरु बाँझै रहेका छन् ।, स्वदेशमा नै रोजगारीको सृजना नहुँदा लाखौं विदेसिनुपर्ने बाध्यात्मक परिस्थितिको सृजना हुन पुगेको छ। गाउँमा बृद्ध बृद्धा बाहेक अरु कोहि छैनन् । यति सानो देशमा संङ्घीयता नामक यति धेरै प्रदेशका राजहरुलाई पाल्न देशले सक्ने स्थिति देखिँदैन् ।

देशमा ऋणको भार दिन प्रतिदिन बढ्दोछ । हरेक निकायमा संस्थागत भ्रष्टाचारले जरो गाडेको छ। सम्झँदा कहाली लाग्दो स्थिति बिच पनि दशैं वाध्यताले पनि मनाउनु पर्ने भएको छ।  दशैं आयो र आई छाड्यो खैर आज दसैंको महत्वपूर्ण दिन विजया दशमी ।आफूभन्दा ठुला मान्यजनहरुको हातबाट टीका-प्रसाद ग्रहण गरेर आशिष लिने दिन ।

आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे ।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्‍योधने।

दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।

विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ॥

यहि मन्त्रोच्चारण गरेर आयु द्रोणको जस्तो  , श्रेय राजा दशरथको जस्तो , मान प्रतिष्ठा दुऱ्योधनको जस्तो तथा कीर्ति नारायण भगवानको जस्तो होस् लगायतका आशिष दिइने गरिन्छ।


समस्त हिन्दूहरू तथा नेपालीहरूको अत्यन्तै विशिष्ट पर्व हो दशैं । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमा तिथिसम्म पन्ध्र दिनसम्म मनाइने यस पर्वभित्र हाम्रा विविध सामाजिक, धार्मिक र सांस्कृतिक तथा भाईचाराका पक्ष समाहित छन् । खासगरी नौवटी देवीहरु शैलपुत्री, व्रह्मचारणी, चन्द्रघन्टा, कुशमन्दा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा-आराधना गरिन्छ । यी देवीहरूलाई नवदुर्गाको नामले पुकारिन्छ । नौ दिनसम्म नवदुर्गा भवानी नौवटा विभिन्न स्वरूपमा उपासकहरूलाई दर्शन दिनुहुन्छ भन्ने कथन छ ।अनेकौँ असुरहरूको विनाश गर्ने आठ हात भएकी सिंहबाहिनी प्रख्यात देवीलाई दुर्गा भनिन्छ । दुर्गा आदिशक्तिकी द्योतक हुन् । दुर्ग नामक राक्षसको वध गरेकीले यिनको नाम दुर्गा रहन गएको पाइन्छ ।

आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) मा राखिएको  जमरा आज  विजयादशमीको दिन भगवतीले दानवी शक्तिमाथी र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्यमा र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन छ । नवदुर्गा भवानीले आय नेपालीहरुको घरघरमा सुख , शान्ति , समृद्धि र प्रगति ल्याइदिउन् प्रहार अनलाईन मिडियाको तर्फबाट विजया दशमी २०८१ को सबै सबैमा  मंगलमय शुभकामना ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button