प्रहार समाचार । तनहुँ, मंसिर १४ शुक्रवार । आफ्नो श्रीमतिको निधन भएको वार्षिक पुण्य तिथिमा श्रीमान् तथा छोराहरूले तनहुँको एक विद्यालयका सहाराबिहिन बालबालिकाहरुलाई जाडोको न्यानो कपडा बितरण गरेका छन्।
व्यास ११ निवासी स्वर्गीय विष्णुमाया दुराको वार्षिक पुण्य तिथिमा श्रीमान् मनबहादुर दुरा, छोराहरू कृष्णबहादुर दुरा, सुमिन्द्र दुरा लगायत दुरा परिवारको तर्फबाट व्यास ७ मा रहेको सहार बिहिन बालबालिका अध्यायन गर्ने समता विद्यालयका बालबालिकाहरुलाई आज न्यानो कपडा वितरण गरेका हुन् ।
दुरा परिवारले न्यानो कपडा, जुत्ता मोजा र टोपी लगायत ५५ जना बालबालिकाहरूलाई झण्डै ५० हजार मूल्य बराबर न्यानो कपडा बितरण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सतीश चन्द्र न्यौपानेले जानकारी दिए । त्यस अवसरम विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा कर्मचारी, दुरा परिवारका अन्य सदस्यहरूको सहभागिता रहेको थियो । दुरा परिवारको सहयोगप्रति विद्यालले धन्यवाद दिएको छ।