प्रहार समाचार । लुम्बिनी ७ साउन २०८१ सोमबार । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका चेतनारायण आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले सोमबार एमाले संसदीय दलको उपनेता आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेशसभामा कुनै पनि दलको बहुमत नभएमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री हुने व्यवस्था यस उपधारामा छ । उनी नेकपा (एमाले) र नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्री बनेका हुन्