हेडलाईनसमाचारगण्डकीखेलकुद

लमजुङ सदरमुकाम बेसीशहरमा  प्रदेश स्तरीय कराते प्रतियोगिता हुने

• विजय अधिकारी/ लमजुङ १६ असार २०८१ । लमजुङको सदरमुकाम बेसीशहरमा  यही असार १७ गते देखि १९ गते सम्म गण्डकी प्रदेश स्तरीय कराते प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समिति लमजुङले पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।

राष्ट्रिय खेलकुद परीषद गण्डकी प्रदेशले प्रतियोगितामा ९ जिल्ला को सहभागिता हुने गरि लमजुङमा कराते प्रतियोगिता गर्न लागेको हो । प्रत्रकार सम्मेलनमा बोल्दै जिल्ला खेलकुद विकास समिति लमजुङका अध्यक्ष योग बहादुर गुरुङले  यो प्रतियोगिता आफ्नो जिल्लामा  गराउन पाउदा खुशी लगेको भन्दै  यस प्रतियोगिताले लमजुङ जिल्लाको पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने विस्वास व्यक्त गर्द १८ गते मंगलबार र १९ गते बुधबार हुने प्रतियोगितामा गण्डकी प्रदेशका मनाङ र मुस्ताङ जिल्ला बाहेक ९ जिल्लाका खेलाडीहरु सहभागी हुने जानकारी दिनु भयो । १ जिल्ला बाट कम्तीमा ४० जनाको दरले खेलाडी तथा प्रशिक्षक सहभागी हुने नियम भए पनि जिल्लामा हुने प्रतियोगितामा भने त्यसको आधा मात्र सहभागी हुने छन ।

 


खेल संचालनका लागि प्रयाप्त बजेट नहुदा खेलाडी सङ्ख्या कम हुने अध्यक्ष गुरुङको भनाइ छ ।
प्रतियोगिता लमजुङ सदरमुकाम बेसीशहरकाे जिल्ला समन्वय समितिको सभा हलमा हुने छ । प्रतियोगिताका लागि खेलाडी परिक्षणको काम १७ गते सोमबार गर्ने र औपचारिक खेल १८ गते मंगलबार र १९ गते बुधबार गर्ने आयोजकको तयारी छ ।
प्रत्येक २-२ बर्षमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर मा हुने भएकोले प्रदेश बाट सो प्रतियोगितामा सहभागी हुने खेलाडी पनि यही प्रतियोगिता बाट छनौट गर्ने आयोजकको तयारी छ ।


प्रतियोगिता अन्तर्गत पुरुष र महिला तर्फ विभिन्न विधामा खेलहरु हुने भएको छ ।जसमा महिला तर्फ ४५ के जि तौल भन्दा कम तौल , ६१ के जि तौल भन्दा कम तौल , ६३ के जि तौल भन्दा माथि तौल विच एकल प्रतियोगितामा प्रतिस्पर्धा हुने छ । महिला तर्फ नै यकल काता , समूह काता र समूह खुमुते विधामा खेल हुने छ ।


पुरुष तर्फ ५० के जि तौल भन्दा कम तौल , ५५ के जि तौल भन्दा कम तौल , ६० के जि तौल भन्दा कम तौल , ६७ के जि तौल भन्दा कम तौल , ६७ के जि तौल भन्दा बढी तौल , ७४ के जि तौल भन्दा कम तौल , ८४ के जि तौल भन्दा बढी तौल विच एकल प्रतियोगितामा  प्रतिस्पर्धा हुने छ । पुरुष तर्फ नै एकल काता,समूह काता र समूह कुमुदेविधा मा खेल हुने आयोजकले जनाएको छ । पुरुषहरूको एकलकाता,समुहकाता र समूह कुमुदेविधा तर्फ को खेलमा खेलाडी को उमेर आगामी कार्तिक सम्म कम्तीमा १८ वर्ष पुग्नु पर्ने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा कराते प्रशिक्षक जुनु गुरुङ , राधा तामाङ , प्रत्रकार महाससंघ अध्यक्ष प्रमेस्वर अधिकारी, नि वर्तमान अध्यक्ष आश गुरुङ लगाएत जिल्लाका सञ्चार कर्मीहरुको उपस्थित रहेको थियो ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button