• विजय अधिकारी । ( संवाददाता ) प्रहार समाचार । लमजुङ ,१४ मंसिर २०८१ शुक्रवार । लमजुङको भलामचौरमा आगलागी हुँदा एक युवककाे मृत्यू भएको छ। जिल्लाको मरस्याङ्दी गाउँपालिका वडा नं ९ भलामचौर स्थित लुकुमारीको धनसार घरमा आगलागी हुँदा उनको मृत्यू भएको हो ।
तस्विर : संङ्केतिक
आगलागीबाट ४५ वर्षीय धर्ती तामाङको निधन भएको प्रहरीले जनाएको छ । चितवन घर बताउने तामाङ विगत दुई बर्ष देखि कामदारको रुपमा लुकुमारीकाे घरमा बस्दै आएका थिए । बिहिबार राती करिब ११ बजे तिर लागेको आगो स्थानीयले बिहान सवा दुई बजे नियन्त्रणमा ल्याइएकाे स्थानीय तेजबहादुर गुरूङले जानकारी दिए । आगो नियन्त्रण पछि कामदार तामाङलाई खोजी गर्दा जलेर मृत्यु भएको अवस्थामा फेला परेका थिए ।
गुरुङ सुतेकाे काेठाबाट आगलागी सुरू भएकाे देखिएकाे स्थानीयले बताए। गुरुङ चुराेट खाने भएकाले चुराेटकाे ठुटाेबाट आगलागी भएकाे हुनसक्ने स्थानीय बताउँछन् । ढुङ्गा माटोले बनेको १ तले धन्सार घर आगलागिबाट पूर्ण रुपमा नष्ट भएको छ । घरमा रहेको लत्ताकपडा, लगायतका सामाग्री जलेर नष्ट भएको र क्षतिबारे आंकलन हुन बाँकी रहेको तथा घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।