हेडलाईनसमाचारगण्डकीस्वास्थ्य

लमजुङको घलेगाउँमा दन्त शिविर :  ७२ जनाको निशुल्क उपचार

•विजय अधिकारी । लमजुङ २५ असार २०८१ । लमजुङको क्व्होलासोथार गाउँपालिका वडा नम्बर ३ घलेगाउँमा भएको निशुल्क दन्त शिविरमा ७२ जना दातका विरामीहरुले निशुल्क सेवा लिएका छन् ।

३ नम्बर  वडा कार्यालयको आयोजना तथा लमजुङ सदरमुकाम बेसीशहर वडा नम्बर ७ मा रहेको तालबाराही डेन्टल केयर सेन्टर प्रा.लि.को प्राविधिक सहयोगमा निशुल्क दन्त शिविर सञ्चालन गरिएको हो । निशुल्क दन्त शिविरमा २६ जना पुरुष र ४६ जना महिला सहभागी भएका थिए ।  शिविरमा ३८ जना विरामीको दात निकालीएको थियो भने १७ जनालाई अस्थायी दात लगाइएको , १३ जनाको जटिल समस्या देखियको कारण रिफर गरिएको ५२ जनालाई निशुल्क औषधि वितरण गरिएको  तालबाराही डेन्टल केयर सेन्टर प्रा.लि.का निर्देशक ज्ञानु के.सि. ले जानकारी दिए ।

 


तालबाराही डेन्टल केयर सेन्टरका दन्त चिकित्सक डाक्टर अरुण शाह,निर्देशक ज्ञानु के.सि. रिस्ता सुनार र सुस्मा लामा लगाएतको टिमले विरामीहरुलाइ सेवा प्रदान गरेको वडा अध्यक्ष आसविर गुरुङले बताए । कार्यक्रममा पर्यटन ब्यबस्थापन समिति स्मार्ट भिलेज घलेगाउका अध्यक्ष प्रेमबहादुर घले, क्व्होलासोथार गाउँपालिका स्वास्थ शाखाका राजु परियार लगायतको उपस्थिति रहेको थियो ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button