प्रहार समाचार । तनहुँ, फागुन २२ मंगलवार ।
रोजगारी र आयवृद्धि गर्न व्यास नगरपालिकाले व्यवसायीसँग आज छलफल चलाएको छ।
सङ्घीय सरकारको नव प्रर्वद्धनमा आधारित स्थानीय विकास कार्यक्रमको लागि छनोट परेकोले सो को छलफलको लागि नगरपालिकाको सभा हलमा कार्यक्रम गरेको हो । कार्यक्रम अन्तर्गत व्यवसायीलाई प्रतिस्पर्धी लाभको क्षेत्र पहिचान गरी पालिकाका बासिन्दाहरुलाई रोजगारीको अवसरमा दिन सम्मेलन गरिएको हो । पालिकामा के कस्ता उद्योग, व्यवसाय सञ्चालन गरी उत्पादन गर्न सकिने भन्ने पहिचान गरी पालिकाको दिगो आर्थिक विकास गर्न सम्मेलन गरिएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताए ।
एक करोड रुपियाँसम्मको कार्यक्रमका लागि सङ्घ सररकारको ७५ प्रतिशत र नगरापालिकाको २५ प्रतिशत लागत सहभागितामा कार्यक्रम सञ्चालन गरिने छ । नगर प्रमुख न्यौपानेले भने – ‘के कुरालाई प्राथमिकता दिनुपर्छ, प्रतिस्पर्धी लाभको क्षेत्रको पहिचाहन स्वएम् व्यवयायीले गरुन् भन्नको लागि सम्मेलन गरेका हौं ।’
व्यवसाय गर्न उत्प्रेरित व्याक्ति तथा लगानी गर्न ईच्छुक व्यक्तिलाई आव्हान नगरपालिकाले गरेको छ । नब प्रवद्र्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम अन्र्तगत व्यवसायीको चाहना र लक्ष्यलाई पुरा गर्न सम्मेलन गरिएको नगरपालिकाले जनाएको छ । कार्यक्रममा अधिकांशले दुधलाई प्राथमिकता राख्न उपयुक्त हुने बताएका थिए । गाई र भैंसी पालन गर्दा दुधका साथ साथै खाद्यान्न तथा फलफूल खेतीलाई मल समेत पूर्ति हुने हुँदा प्राथमिकता दिनु पर्ने माग राखिएको थियो । तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठनाथ मिश्रले व्यास नगरपालिकामा क्षेत्र ग्रामिण रहेकोले कृषिलाई प्राथमिकता दिनु पर्ने बताए। बाँदरले नो्क्सान नगर्ने, अदुवा, पिडालु, बेसार लगायतका खेतीलाई प्राथमिकता दिन उपयुत्त हुने मिश्रको भनाई थियो ।
व्यास नगरपालिका वडा नम्बर १ कृषक रामचन्द्र पन्थले दुधबाट विहान र बेलुका गरी एकै दिनमा दुई पटक कृषकले आम्दानी लिन सक्ने हुँदा प्राथमिकता दिनुपर्ने बताए ।
सोही वडाका कृषक श्रीकृष्ण पन्थले दुध र त्यसपछि बाख्रा पालनलाई प्राथमिकता दिनु पर्ने बताएका थिए। त्यस अवसरमा कृषकहरुले सुन्तला खेतीलाई दुई नम्बरमा प्राथमिकता दिनु पर्ने माग राखेका थिए ।
व्यास नगरपालिका–८ बर्लाचीका कृषक बिनोद बगालेले सुन्तला खेती र सो खेतीमा अन्तरवालीको रुपमा अदुवा र बेसार खेती समेत गर्न सकिने सुझाव दिए । सुन्तला, अदुवा र बेसारको बिक्रीको लागि बजारको समस्या नभएको उनको भनाई थियो ।
वडा नम्बर ९ का कृषक राजु आचार्यले बिउ उत्पादनमा लगानी गर्न आग्रह गरे । बिउ उत्पादनको लागि यहाँको हावापानी राम्रो भएकोले मनग्य आम्दानी गर्न सकिने उनको भनाई थियो ।
व्यवसाय गर्न ईच्छुक व्यक्ती वा समुहले प्रस्ताव पेश गरेपछि मात्र पालिकावाट सहयोग गर्ने र व्यवसायलाई अगाडी बढाउने नयाँ कार्यक्रम गरिने छ । स्थानीय क्षेत्रमा आर्थिक समृद्धि हासिल गर्नु, स्थानीय क्षेत्रमा उत्पादन र उत्पादकत्व बृद्धि गर्नु, उद्यमशिलता प्रवद्र्धन गरी रोजगारी र आयमा बृद्धि गर्नु, उपलव्ध स्रोत साधनलाई निजीक्षेत्र, सामुदायिक तथा सहकारी क्षेत्रको सहभागितामा स्थानीय आर्थिक विकासमा पहिचान गर्नु कार्यक्रमको मुख्य उद्धेश्य रहेको छ ।
कार्यक्रमलाई पूर्ण रुपमा सफल बनाउन नीजि क्षेत्र, स्थानीय शिक्षालय, गैर सरकारी संस्था, व्यावसायिक प्रतिष्ठित व्यक्ति, उद्योग वाणिज्य सङ्घ बजार ईकाई , सहकारी, घरेलु महासङघ, पर्यटन व्यवसायी लगायतकाको सहभागिता सम्मेलनमा गरिएको थियो । नवप्रवद्र्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमवाट पालिकामा धेरै व्यक्तिले प्रत्यक्ष रुपमा रोजगारी प्राप्त गर्ने छन् । उत्पादन र उत्पादकत्व बृद्धि गरि बेरोजगारी समस्या उद्यमशिलता मार्फत समधान हुनेछ । नव प्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि तनहुँका तीन स्थानीय तह छनौट भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (स्रोत परिचालन समन्वय शाखा) का अनुसार जिल्लाका व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिका छनौट भएका छन्।