प्रहार समाचार ।तनहुँ, पुस १८ बुधबारा
तनहुँमा रुखबाट लडेर बुधबार दिउँसो एक वृद्धको मृत्यु भएको छ ।
भिमाद नगरपालिका–५ मिर्छुलुङ आमडाँडामा बस्ने वर्ष ६५ वर्षिय मनहर्ष रानाको मृत्यु भएको जिल्ला प्रहरी प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।
आफ्नै बारीमा दाउरा काट्ने क्रममा चिलाउनेको रुखबाट लडी घाईते भएकोले तत्काल उपचारको लागी भिमाद स्वास्थ्य चौकी ल्याइ उपचार गराउने क्रममा मृत्यु भएको प्रहीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।