प्रहार समाचार । काठमाडौँ, मंसिर २ शनिबार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरु आजबाट घरदैलो कार्यक्रम निस्किएका छन् । घरदैलो कार्यक्रमका लागि रास्वपा सभापति रवि लामिछानेले हिजो नै आफ्नो निर्वाचन क्षेत्र पुगेका थिए।
चितवन २ अन्तर्गत पर्ने इच्छाकामना गाउँपालिका–२ मायाटार पुगेर उनले लामो समयदेखि अलपत्र परेको विद्युत विस्तारको काम अगाडि बढाउन विद्युत प्राधिकरणका कर्मचारीलाई आग्रह गरे ।निर्वाचन भएको एक वर्ष पुगेको अवसरमा आजदेखि तीन दिने घरदैलो कार्यक्रम गर्न लागेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।कार्यक्रमका क्रममा जनताका सुझाव र गुनासा सुन्ने उनले बताए ।
यसै बिच तनहुँ क्षेत्र नं. १ का सांसद डा. स्वर्णीम वाग्ले तनहुँको भानु नगरपालिकाका विभिन्न वडाहरुमा घरदैलोमा निस्किएका रास्वपा तनहुँका संयोज विकाश सिग्देलले जानकारी दिए।
प्रत्यक्ष निर्वाचनतर्फका उम्मेदवार आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो गर्नेछन् । समानुपातिक तर्फका सांसदले आफ्नो जिल्ला केन्द्रित भएर कार्यक्रम तय गर्ने सहमहामन्त्री बुर्लाकोटीले बताए ।