हेडलाईनसमाचारभानुगण्डकीसाहित्य

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २११ औं जन्म जयन्ती विभिन्न कार्यक्रमका साथ मनाइयो

प्रहार समाचार । तनहुँ २९ असार २०८१ शनिवार । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २११ औं जन्म जयन्ती भानुभक्त आचार्यको जन्मथलो भानु  ४ चुदी रम्घामा विभिन्न कार्यक्रमका साथ शनिबार मनाइयो।

त्यस अवसरमा बोल्दै राष्ट्रिय सभाका सदस्य एवं नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक भगवती न्यौपानेले चुँदी रम्घालाई साहित्यिक तिर्थस्थल तथा पर्यटन प्रवर्धनका रूपमा विकास गर्नुपर्नेमा जोड दिइन्। उनले आदिकवि भानुभक्त जन्मस्थललाई स्थानीय सरकारको मातहतमा राख्ने काम सरासर गलत रहेकोले समितिलाई केन्द्र सरकारको मातहतमा राखी बृहत्तर भानुको विकास गर्नुपर्नेमा जोड दिइन्।

व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले भानु जन्मस्थलको विकासमा राजनीतिक आग्रह पूर्वाग्रहलाई छोडेर भानुको सद्भावलाई महत्व दिएर दिगो विकासमा लाग्नुपर्नेमा जोड दिए।

 


कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पोख्रेल ,नेकपा समाजवादीका नेता विद्यानाथ ढकाल , नेका तनहुँका सचिव सहदेव अधिकारी , एमाले भानु नगर सभापति शंकर राणाभाट ,भानु ४ का वडा अध्यक्ष अर्जुनबहादुर बोहरा , नेकपा एमाले गण्डकी प्रदेशका सदस्य प्रेम राना  ,जन्मस्थलका पूर्व सदस्य महाकाली रानाभाट , भानुभक्त आचार्यका पनाती हरिनाथ आचार्य , जन्मस्थलका सदस्य धनबहादुर रानाभाट लगायतले भानुको योगदानको चर्चा गरेका थिए । भानु जयन्तिमा भारतको उत्तर प्रदेश लगायतका स्थानहरुबाट दर्जनौ साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आदिकवि भानुभक्त आचार्यका सन्ततिबाट आदिकवि भानुभक्त जन्मस्थललाई प्रदान गरिएकोमा भानुभक्तका पनाती हरिनाथ आचार्यलाई शिलापत्र सहित दोसल्ला ओडाई सम्मान गरिएको थियो । जन्मस्थललाई भानुभक्तका सन्ततिबाट  तीन रोपनी १५ आना एक पैसाको जग्गा दान प्राप्त भएको थियो ।

कविता प्रतियोगितामा आचार्य प्रथम :

यसैबीच आदिकवि  भानुभक्त आचार्य जन्मस्थल विकास समितिद्वारा आयोजित विद्यालय स्तरिय कविता प्रतियोगितामा आयुषा आचार्य प्रथम , विनायक नेपाली द्वितीय र विनिशा श्रेष्ठ तृतीय भएका छन् भने प्रनिषा लौडारी र सुदीप पौडेल सान्वना भए। विजयी प्रथम द्वितीय र तृतीय हुनेलाई नगद पाँच , तीन र एक हजार तथा सान्त्वनालाई पाँच सय नगद  सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

खुला कविता प्रतियोगितामा भण्डारी प्रथम :

यसै बीच जन्मस्थल विकास समितिद्वारा आयोजित खुला कविता प्रतियोगितामा विष्णु भण्डारी प्रथम , दयाराम पौडेल द्वितीय  , आइति माया तामाङ तृतीय तथा गीता देवी आचार्य र सूर्यदेवी पौडेल सान्त्वना भए । प्रथम , द्वितीय र तृतीयलाई क्रमशः १० हजार , ७ हजार र ५ हजार तथ सान्त्वना हुनेलाई १५ सय नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

रामायण वाचन प्रतियोगितामा सुनवार प्रथम :

समितिद्वारा आयोजित रामायण वाचन प्रतियोगितामा पुनम सुनार, महेन्द्र आचार्य र दिपेश पन्त प्रथम, द्धितीय र तृतीय हुन सफल भए । उनिहरुले जनहि ५ हजार ३ हजार र १ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरे भने प्रस्तुती पौडेल र स्वधिनता पौडेल सान्त्वना भएका थिए । उनिहरु लाईले ५ / ५ सय नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

सर्वराज आचार्य द्वारा लिखित पुस्तक विमोचित :

यसैबिच सहित्यका प्रा डा र शर्वराज आचार्य द्वारा लिखित आदिकवी भानुभक्त जन्मस्थल विकास समिति द्वारा प्रकाशित ‘ आदिक भानुभक्त आचार्यको जीवनी ‘ नामक पुस्तकको पनि त्यस अवसरमा संयुक्त रूपमा बिमोचन गरिएको थियो ।

यसैबीच सांसद न्यौपानेले भानुभक्त आचार्यले युवा अवस्थामा कविता र .लेख्दै गरेको प्रतिमाको पनि एक कार्यक्रमको बीच अनावरण गरिन् । उक्त कार्यक्रममा साहित्यको क्षेत्रमा योगदान दिने  साहित्यकार शेषमणी आचार्य, कला र संस्कृतीको क्षेत्रमा योगदान दिनु हुने तथा भानु जन्मस्थल समितिको प्राङ्गणमा रहेको भानुभक्त आचार्यको पुर्णकदलको शालिकको निर्माता कलाकार पृथ्वीनारयण श्रेष्ठ तथा रासस तनहुँका पत्रकार कृष्णचन्द्र न्यौपानेलाई सम्मान गरिएको थियो । त्यस अवसरमा गितल प्रतिष्ठान नेपाल तथा नाटक मन्च तनहुँले ‘म भानुभक्त’ नाटक मन्चन गरिएको थियो भने भानु नगरपालिकाका विभिन्न जात जातीहरुले सांस्कृतिक झाँकीहरु प्रस्तुत गरेका थिए । कार्यक्रम आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष ऋषिराम पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजिकरण समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले  गरेका थिए ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button