हेडलाईनसमाचारसुदुर पश्चिम

राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जाने

प्रहार समाचार । काठमाडौं, कार्तिक २१ मंगलबार ।
राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै छन् ।

गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज बिहान त्यस क्षेत्रमा जाने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।  भूकम्पपछि मुलुकमा आइपरेकाे प्राकृतिक विपत्तिकाे अवस्थामा मुलुक बाहिर जानू उपयुक्त नभएकोले राष्ट्रपति पौडेलले सोमबार २२ कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका थिए।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button