हेडलाईनसमाचारसुदुर पश्चिम

राष्ट्रपति  पौडेलले बिपत्तिको बेलामा नआत्तिन र हामीलाई मद्धत गर्ने सरकार छ भनेर सोच्न आग्रह

प्रहार समाचार । जाजरकोट, कार्तिक २१ मंगलबार ।

राष्ट्रपति रामचन्द्र पौडेलले बिपत्तिको बेलामा कोही छैन भनेर नआत्तिन र हामीलाई मद्धत गर्ने सरकार छ भनेर सोच्न आग्रह गरेका छन् ।

‘हामी सबै मिलेर विपत्तिको सामना गरौं, लोकतन्त्र तपाईंहरूको साथ छ, अहिलेको अवस्थामा कोही छैन भनेर नठान्नु होला, हाम्रो सरकार छ भन्ने सोच्नु होला ।” – राष्ट्रपति पौडेलले सान्त्वना दिए

भूकम्प प्रभावितहरुको अवस्था बुझ्न आज भुकम्पको केन्द्रबिन्दु जाजरकोटको बाराकोटेको रामीडाँडा पुगेका राष्ट्रपति पौडेलले त्यहाँ भूकम्पपीडित, जनप्रतिनिधि र स्थानीयहरुसँगको छलफलमा राष्ट्रपति पौडेलले सो आग्रह गरेका हुन्।
‘विपतको समयमा  युद्धस्तरमा काम गर्नुपर्ने उल्लेख गर्दै यो बेलामा एकैपटक १० वटा  कुरा सोच्ने र सोचेभन्दा बढी ११ वटा काम गर्नुपर्ने अवस्था हो, जनप्रतिनिधिहरुलाई भूकम्पको क्षति तथा अवस्थाबारे सही तथ्याङक राख्न र पीडितहरु नठगिउन भन्ने तर्फ सचेत हुन पनि सुझाव  राष्ट्रपति पौडेलले दिदै  “दुई तीनवटा घर हुनेले राहात पाउने तर केही नहुनेले पाउदै नपाउने अवस्था नआओस,  अहिले राजा महाराजको  जमाना हैन, संघीय लोकतान्त्रिक गणतन्त्रको समय हो, जनतालाई दुःख पर्दा सरकार जनतासँगै हुनुपर्छ र सरकार भुकम्प प्रभावितहरूको  आवश्यक प्रवन्ध गर्न सदैव प्रयत्नशील बन्नु पर्ने बताए।
राष्ट्रपतिले पौडेलले आफू विगतमा झाडापखालाका महामारी हुँदा यस क्षेत्रका जनतासँगै रहेको प्रसंग उल्लेख गर्दै विनकाशकारी भूकम्पको यस प्राकृतिक विपत्तिमा दुःख परेको बेलामा पनि तपाईहरुसँगै छु भन्दै यो दुर्भाग्यपूर्ण र प्राकृतिक विपत्तिको दुःखद घटना हो, तपाईहरूको दुःखमा साथै रहन र राहत र उद्दारमा भइरहेका कामहरूको अवस्था बुझ्न साथै यहाँको अल्पकालिन र दीर्घकालिन पुर्नस्थापनाको प्रवन्धलाई प्रभावकारी बनाउनपर्छ भनेर पनि  म यहाँ आएको हु”, पौडेलले भने।
राष्ट्रपति पौडेलले तत्काल बसोबासको लागि पाल, स्थायी घर नबन्दासम्मका लागि जाडो र वर्षायाममा समस्या नहुने गरी बसोबासको अस्थायी प्रवन्ध तथा दीर्घकालिन रुपमा कुनै उपयुक्त ठाउँको पहिचान गरी स्थायी घर निर्माण गर्नुपर्नेमा अहिले नै सोचेर काम थाल्न आग्रह गरे।

सो अवसरमा बारेकोट गाउपालिकाका अध्यक्ष वीरबहादुर गिरीले ४३ सय घरधुरी मध्ये २४० पूर्णरुपमा ध्वस्त भएको, १ हजार ८ सय ९१ उच्च जोखिममा रहेको र १ हजार परिवार विस्थापित भएको जानकारी गराएका थिए । सुरक्षित आवास र दैनिक जीवनयापन सहज बनाउनका लागि ठूलो चुनौती रहेको अध्यक्ष गिरीले बताए ।

पौडेलका साथमा उपप्रधान एवम् रक्षामन्त्री पुर्णबहादुर खड्का, उर्जामन्त्री शक्ति बस्नेत, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापति सहभागी रहेको राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोख्रेलले जनाएका छन् ।

 

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button