हेडलाईनसमाचारसबै प्रदेश

राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने

प्रहार समाचार । तनहुँ, बैशाख १२ । आज राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने भएको छ ।  वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचार गर्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न नपाइने व्यवस्था रहेको छ।


 वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ । इलाममा १९ र बझाङमा ११ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

 

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button