प्रहार समाचार । दमक, जेठ २२ । दमककको रतुवा खोलामा सोमबार बेलुका आएको भिषण बाढीले बोलेरो जीप बगाउँदा जीपमा सवार दुई जनाको ज्यान गएको छ ।
स्केच फाईल फोटो
इलामको चुलाचुली गाउँपालिका(५ चपेटीस्थित दमक लारुम्बा भित्री कच्ची सडकखण्डमा दमकबाट माङ्सेबुङतर्फ जाँदै गरेको जीप रतुवा खोला तर्ने क्रममा एक्कासी आएको बाढीले बगाएको थियो ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार बाढीले जीप बगाउँदा इलामको माङ्सेबुङ गाउँपालिका-५ की अन्दाजी ३० वर्षीय सर्मिला वानेम र माङ्सेबुङ(३ की निरु लिम्बुका छोरा ३ वर्षीय निहाङ लिम्बुको ज्यान गएको हो । निरु लिम्बु घाइते छिन् । उनको उपचार भइरहेको छ ।
लु१च ९४९१ नम्बरको डबल क्याब बोलेरो गाडी खोलाले बगाउँदा चालकसहित तीन जनाले हाम्फालेर आफ्नो ज्यान जोगाएका थिए ।
प