हेडलाईनसमाचारखेलकुद

यू–१९ क्रिकेट विश्वकपमा अफगानिस्तानलाई स्तब्ध बनाउँदै नेपालले १ विकेटको रोमाञ्चक जीत

प्रहार समाचार । माघ१२ शुक्रबार ।
दक्षिण अफ्रिकामा जारी यू–१९ क्रिकेट विश्वकपअन्तर्गत शुक्रवार अफगानिस्तानलाई स्तब्ध बनाउँदै नेपालले
१ विकेटको संघर्षपूर्ण रोमाञ्चक जीत निकालेको हो ।

इस्ट लन्डनमा भएको खेलमा   टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा सबै विकेट गुमाएर १४५ रन बनाएको थियो । १४६ रनको सामान्य लक्ष्य भए पनि नेपालले पूरा गर्न निकै संघर्ष गर्नुपरेको थियो । 

 

नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाएर १४९ रन बनाउँदै लक्ष्य भेट्टाएको हो ।  ९ विकेट गुमिसकेको अवस्थामा सुवास भण्डारीले अविजित ९ बनाएपछि नेपालको जीत सम्भव भएको हो । यस्तै कप्तान देव खनालले बनाएको अर्धशतकले नेपालको जीतको आधार तयार पारेको थियो । उनले ८९ बलमा ५८ रन बनाए ।

सामान्य लक्ष्य पछ्याए पनि नेपाल २४ रनमै तीन विकेट गुमाएर धर्मराएको थियो । अर्जुन कुमाल १०, विपिन रावल २ र गुलसन झा १ रनमा आउट भएका थिए । त्यसपछि कप्तान देवले पारी सम्हाल्दै जीतको आधार तयार परोका थिए । तर उनी सातौं विकेटको रुपमा आउट हुन पुगेका थिए । त्यसपछि नेपालले झनै संघर्ष गर्नुपर्यो । 

यद्यपि, दिपक बोहराले २७ र आकाश त्रिपाठीले बनाएको १६ रन महत्वपूर्ण रह्यो । यस्तै दीपक डुम्रेले ५, दीपेश कँडेलले ४ तथा आकाश चन्दले १ रन बनाए । तिलक भण्डारी शून्य रनमा अविजित रहे ।अफगानिस्तानका फरिदून दाउदजाईले सर्वाधिक ३ विकेट लिए पनि आफ्नो टोलीलाई जिताउन सकेनन् ।  अब नेपालले ’सुपर सिक्स’मा समूह ’ए’का प्रतिद्वन्द्वीसँग खेल्नेछ । समूह ’ए’मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button