प्रहार समाचार । युक्रेन २५ असार २०८१ । युक्रेनको राजधानी किभसहित विभिन्न सहरमा रूसी मिसाइल आक्रमण हुँदा कम्तिमा ४१ जनाको मृत्यु भएको छ भने सात जिल्लामा क्षति पुऱ्याएको छ।
फाइल फोटो
सोमबार राजधानी किभमा मिसाइल आक्रमण हुँदा कम्तिमा ४१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। जसमध्ये २७ जनाको मृत्यु राजधानीमा नै भएको छ।
मिसाइलले किभको बाल अस्पतालमा समेत क्षति पुर्याएको समाचारमा उल्लेख छ। उक्त आक्रमणपछि अभिभावकहरू आफ्ना बालबच्चा बोकेर अस्पतालबाट निस्किन बाध्य भएका छन्। आक्रमणबाट १७० जना भन्दा बढी घाइते भएका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राममा लेख्दै मिसाइल आक्रमणबाट एक सय भन्दा बढी घरहरू भत्किएको बताएका छन्। रूसी आतंकवादीले यसबारे जवाफ दिनुपर्छ। चिन्ताले आतंक रोकिँदैन। समवेदना हतियार होइनन्,’ उनले लेखेका छन्।