हेडलाईनसमाचारसबै प्रदेश

यस वर्ष ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगीत

प्रहार समाचार । काठमाडौँ, चैत १४ । यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगीत गरिएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको उक्त कार्यक्रम स्थगीत गरेको हो । विद्यालय छनोटमा ढिलाइ ,  स्रोतको वितरण तथा उपयोगमा विभिन्न गुनासो आएका कारण चालु आर्थिक वर्षमा उक्त कार्यक्रम स्थगन गरिएको मन्त्रालयले जनाएको छ। उक्त कार्यक्रमका लागि यस आर्थिक वर्षमा एक अर्ब विनियोजन भएको थियो ।

शिक्षामन्त्री सुमना श्रेष्ठको उपस्थितिमा भएको बैठकले कार्यक्रम स्थगन गरी त्यसबारे अर्थ मन्त्रालयलाई जानकारी दिने निर्णय गरेको हो ।

जाजरकोट भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनःनिर्माणका लागि आवश्यक बजेट व्यवस्थापन हुन नसकेको तथा मुसहर, चेपाङलगायत सीमान्तकृत समुदाय रहेको स्थानमा नमुना सामुदायिक विद्यालय सञ्चालन गर्न रकम नभएको अवस्थामा अन्यत्रका विद्यालयलाई पूर्वाधार विकासका निम्ति बजेटको व्यवस्था गर्न सान्दर्भिक नहुने अभिमत प्रकट हुँदै आएको थियो । शिक्षा मन्त्रालयको यो निर्णयको कतिपय विद्यालयहरुले गुनासो समेत गरेका छन् ।

 

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button