यस बर्षको दशैं पनि खासै उल्लासमय रहेन । दशैं होस वा अन्य कुनै चाडपर्व , चाडपर्व त आफैमा पुर्ण हुँदैनन , त्यसमा खुशी भर्न, पर्वलाई जिवन्त र मुर्त अवस्थामा ल्याउन हामी समस्त मानव जातिकै परम भुमिका रहन्छ ! तर …… हेर्नुस् न यस बर्षको दशै त आयो तर अनायासै आइदियो ! कसैलाई मनमा खुशी आओस् वा नआओस् दशै आएरै छोड्यो । कसैको बास बस्ने घरै नरहोस् वा रहोस् तर दशै आइदियो, कसैको घरमा खाने अन्नपात , लगाउने लताकपडा होस नहोस । कसैको खेतवारी घर गोठ बाढिले लागोस् नलगोस दशैं आएरै छोड्यो । गाइ ,भैंसी , खसी ,पाठा पहिरो नै पुरियोस् नपुरियोस् तर दशैं आयो । बाढी पहिरो , मोटर्साइकल दुर्घटना ,कार दुर्घटना ,बस दुर्घटना , हवाई दुर्घटना , हत्या , हिंसा ,बलात्कार जे जति अप्रिय घटना हुन् तर यो दशैं आएरै छोड्यो । मनभरी उकुसमुकुस भएर बाहिर छताछुल्ल हुन नसकेका पीडाहरुलाई मनमै थन्क्याएर ङिच्च दाँत देखाएर मुस्कुराएको तस्विर राखेर शुभकामना दिन सबै बाध्य भएको अनुभूति भएको छ । कतिबेला कस्ता घटना हुने हुन् ,कस्ता अप्रिय समाचार सुन्नु पर्ने हो भन्ने त्रासले सम्पुर्ण जनमानस नै त्राही त्राही हुनु परोस् तर यसबर्ष पनि सदा झै दशै आएरै छोड्यो !
जे जसो भएता पनि यो दशै त सधै आउँथ्यो यसबर्ष पनि आयो अर्को बर्ष पनि आउने नै छ ।
यतिन्जेल जे भयो सबै प्रकृतिका खेल , ईश्वरको लिला नै हुन् भनेर स्विकार्नुको बिकल्प केही छैन । जे भयो इश्वरको इच्छा थियो । हाम्रो इच्छा थिएन !
हे इश्वर ! तेरै रचना , तेरै कामना !
हे देवि दुर्गे !!
समस्त पिडालाई शक्तिमा बदल्ने शक्ति देउ !
तिमी त समस्त चराचर जगतकी संरक्षक हौ भन्ने लाग्छ ,दु :ख दिन्छ्यौ त सहने तागत पनि देउ !
पीडा छ दुनियामा त धैर्यधारण गर्ने सामर्थ्य पनि देउ ।
हे देवि दुर्गे !
तिमिलाई कोटि कोटि प्रणाम छ ! अब सबैको मनमा तागत भरिदेउ । शक्ति भरिदेउ । दुखमा न आत्तिने र सुखमा नमात्तिने निश्चल मनको बनाइदेउ । सुख शान्ती र अमन चैनको भाव जागृत गरिदेउ !
जे जसो भएता पनि हाम्रो घर आँगनमा दशै आएको छ त शुभकामना नदिइरहन त सकिन ।
समस्त देश बिदेशमा रहनु भएका इष्टमित्र, बन्धुबान्धव, साथी भाइ एवम् प्रियजनहरुमा बडादशै २०८१ को हार्दिक मङ्गलामय शुभकामना !! नवदुर्गा भवानिले सबैको रक्षा गरून् ।
– व्यास १ , तनहुँ ।