बजार निस्कियो किन्न जान्दिन
बाहिर निस्कियो हिन्न जान्दिन
के के खाने हो त्यो नि था छैन
भाषै नबुझ्ने बोल्नै आ छैन
मान्छे देख्दछु खिस्स हाँसेका
तर नबोल्ने हुन् कि मातेका
जस्लाई देख्दछु सबै हतारो
बोल्नै नहुने लाजको पसारो
खाने सबैले बासी रोटी हो
लाउने आखिरी जाँगै त्यत्ति हो
अम्रिकामा दाई आउने जानेको
जीवन त्यस्तै हो माउने खानेको
कुरा यस्तै हुन् ढाँट्यो नभन्नु
उल्का लाएछ मात्यो नभन्नु ।