हेडलाईनसमाचारसबै प्रदेशसूचना प्रविधि

मौसम यस्तो रहने

प्रहार समाचार । काठमाडौँ, जेठ २१ ।नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।

हाल कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

 

लुम्बिनी प्रदेशको एक-दुई स्थानमा हावाहुरीको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। 

लुम्बिनी प्रदेशको एक-दुई स्थानमा हावाहुरीको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। 

राति कोशी, मधेश र गण्डकी  प्रदेशको थोरै स्थान तथा  बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button