विचारसबै प्रदेश

महिला हिँसा र हाम्रो दायित्व

‘हामी सबैको प्रतिबद्धता  : लैङ्गिक  हिंसा बिरुद्धको ऐक्यबद्धता ‘ भन्ने मुल नाराका साथ शुरु भएकोलैङगिंक हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहँदा सान्दर्भिक कार्यक्रमहरु पनि चलिरहेका छन । सबै लिंगका मानिसहरुको उपस्थिति सह्रानिय देखिन्छ , नोभेम्बर २५ देखी डिसेम्बर १० सम्मको यो कार्यक्रम मनाईरहंदा वास्तमै  सतही जस्तै देखिएको छ किनकी हामीले कार्यक्रम केवल १६ दिनको होइना कि ३६५ दिन नै मनाउनु पर्ने हो ।

यो हरेक ब्यक्ति,घर ,छिमेक , गाउँ र सम्पुर्ण राज्य नै यसमा समाहित भएर म हिंसामा उत्रदिंन भन्ने प्रतिज्ञालाई सबैको आत्म र स्वः आत्म भित्र राखिनु पर्छ । समाज यति धेरै बिकृत हुदै गईरहेको छ कि हरेक दिनको बिहानीमा आउने समाचारहरुले चित्रित गरेको छ ।

हाम्रो समाजको संरचनाले बहुल संस्कृतिलाई अँगाल्दै गर्दा दाई र भाई या दिदिबहिनीको मात्र कुरा रहेनन। हाम्रो समाज त्यही संस्कृति भित्र यति बिभाजित र नकारात्मक बन्न पुग्यो कि आफ्नो नजिककको, राम्रो  र अर्को सोह्रै आना गलत ! यसले समाजको सकातात्मक गतिलाई लाई धिमा बनाएको छ । अपराध समाज भित्रै लुकेको छ, भनौं कालो र सेतोको नाममा त्यहि भित्र गुम्सेको छ । यसले गर्दा unreported crime को संख्या बढन जाँदा अदृश्य रुपमा यस्ता अपराधहरुले बढवा पाई अपराधको श्रंखला बढ्न गएको पाईन्छ ।

 

दैनिक जसो बालबालिका माथि हुने हिंसाका घटनाहरु कुनै रुपबाट बढोत्तरी  भईरहेको छ । घर या स्कुल वा समाज सबैतिर हेर्दा र त्यसबाट परिलक्षित घटनाक्रमहरु यति कारुणीक बन्दै गएका छन कि कल्पना गर्न समेत सकिंदैन । स्कुल पढ्दै गरेका कलिला बालिकाहरु माथि शिक्षकबाट भएका यौन दुर्व्यवहार र  देखि ७२ बर्षिय बृद्धले ७ बर्षिया बालिकालाई गरेको करणी सम्मले समाज यदि बिकृत र कलंकीत भएको छ कि यसको मापन  नै छैन् ।

यसका अलावा यस्ता जघन्य अपराधका घटनाहरु पनि ढाकछोप  गर्ने जुन समाजिक परिवेश देखिन्छ, त्यसले समस्याहरुलाई झन बिकराल बनाउंदै छ । हिंसाको जड स्वयं परिवार भित्रै देखिंदा यसले दिने सन्देशले भाबी दिनहरु अझ बढी पिडादायी हुन्छन भन्ने कुरामा द्धिविधा रहेन। हामीले भोगिरहेको समाज र हामीले कल्पना गरेको समाज हेरौं, यसबाट पनि हाम्रो धरातल कहाँ छ भन्नेमा सबै पक्ष जानकार हुन सक्नु हुनेछ । तसर्थ पनि लैंगिक हिंसा बिरुद्धको अभियानको सार्थकताका लागि  आधार बिन्दु पहिचान गरि निराकरण गर्न केन्द्रित हुन जरुरी छ ।

हाम्रो समाजमा अझै बिकराल देखिएको आत्महत्याका घटनाहरु त झन बढी अत्यास लाग्दा देखिन्छन । गरिबी अशिक्षा,बैदेशिक रोजगार,सामाजिक संजाल आदिका कारण हुने यस्ता घटनाहरुका पछाडी समाजको उपस्थिती के भयो र के हुन सक्यो ? प्रश्र जटिल छ ।९ बर्षिया बालिका देखि ७० बर्षिया बृद्धसम्मले गरेका आत्महत्याका घटनाहरुले समाजको बिधमान उपस्थितिलाई ललकारी राखेको भान हुन्छ । बाल बिवाहको अवस्था त झन विकराल र समस्या ग्रस्त छ । बिवाह भएको केहि बर्षमा नै पारपाचुके हुने,बिवाह पश्चात बिवाह दर्ता ,जन्मने बच्चाको जन्म दर्ता देखी नागरिकता सम्मका कानुनी समस्याहरु जटिल रुपमा देखिएको छ ।

यस्तो अवस्था पनि हामी के कुरामा एकिन हुन सकेका छैनौं भने यस्ता घटना घट्नुका पछाडिका कारण र तथ्य आज पनि निरुत्तरित छन । घरेलु हिसांका घटना दैनिक रुपमा बढ्दै गईरहेको छ । न्यायको खोजीमा ३ महिने बच्चा काखमा च्यापी भौतारिरहेको दृश्यले हिंसाको स्तरलाई मापन गर्दछ ।बिवाह गरेको तीन महिनामै घरबाट निकालिएकी अबोध महिला बिवाहमा दिएको दहेज फिर्ता पाउन न्यायको ढोका चाहार्नु दुःखको बिषय हो ।

घटना घटिसकेपछी आग्रह र पुर्वाग्रह राखी बढाइने कानुनी प्रक्रियाले एकछिन त पिसावको न्यानो त हुन सक्छ तर त्यसबाट भविष्यमा समाजमा पार्न सक्ने असरको मुल्यांकन गरिनुपर्छ,यहाँत पिडितले न्याय प्राप्त गर्न सहज पहुँचको सट्टा कानुन खेलाउनेहरुको जय हुन पुग्छ । जसका कारणसमाज बिभक्त बन्यो,न्यायका अवयवहरुलाई अपांग बनाउने कार्य हुन थाल्यो ,तब न अपराधमा बृद्धि हुन गयो । यो शास्वत सत्यलाई आजपनि स्व-मुल्यांकन नगर्ने हो भने भोलीका दिन झन कुरुप हुन जान्छन भन्ने कुरामा दुईमत छैन ।

आर्थिक वर्ष २०८०/ ०८१ र २०८१/ ०८१ कात्तिक मसान्त सम्म घटेका हिंसाका घटनाको विवरण :

आर्थिक वर्ष २०८०/ o८१ मा

आर्थिक वर्ष २०८१/०८२ कात्तिक मसान्त सम्म घटेका घटनाको विवरण :

माथिको तथ्याङ्कले नै हिंसाको वर्तमान अवस्थाको यथार्थ चित्रण गरेको छ । त्यैलाई हेदै हामीहरु हरेक बर्ष  चिन्तित हुन्छौ, जिब्रो टोक्छौं ,एक छिन घोत्लिन्छौ पनि, समस्याका बारेमा छलफल विवेचना पनि गर्छौ । तर घटनाका र घटना घट्ने क्षेत्रका बिषयमा हामी केही पनि गर्दैनौं ।

कुन र कस्ता घटना कसरी घटे र त्यस्ता घटना पुन : नघट्न हाम्रो सक्रियता के हुने भन्ने कुरा अस्पष्ट नै रहने गरेको यथार्थ देखेकै छौं ।तसर्थ पनि यस जिल्लामा घटेका घटनाहरुको तथ्यांकहरुलाई हेरी मुल्यांकन गरि यसै अनुसार भावी  योजना हरु बनाउनु जरुरी छ ।

आत्म हत्या नगर्न का लागी बाँचे संसार देख्न पाईन्छ भन्ने तथ्यलाई गाउँगाउँमा पुर्याउन ,हिंसाका बारेमा सर्बप्रथम आँफैबाट अन्त्य गर्ने प्रण गरौं । म पनि गर्दिन ,तपाई पनि नगर्नुहोस भन्ने महान भावनाको बिकाश गरौं । असल र सभ्य समाज निर्माणमा राज्यको सहभागिता परिणाममुखी बनोस यही कामना साथ लैंगिक हिसां बिरुद्धको अभियानले सार्थकता पाओस । अस्तु !

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button