आँबुखैरेनी गाउँपालिकाहेडलाईनव्यासभानुसमाचारबन्दीपुरदेवघाटघिरिङऋषिङविजनेसभिमादम्याग्देशुक्लागण्डकीनगरपालिका /गाउँपालिकामनोरञ्जन

महिला उद्यमी व्यापार प्रदर्शन तथा प्रवर्द्धन मेला सुरु :’मेलाले महिलालाई उद्यमशील बनाउन उत्प्रेरणा मिल्छ ‘ सभासद श्रेष्ठ

प्रहार समाचार । तनहुँ फागुन २५ शुक्रवार । तनहुँको सदरमुकाम दमौलीमा पहिलो पटक तीन दिने महिला उद्यमी व्यापार प्रदर्शन एवम् प्रवर्द्धन मेला सुरु भएको छ ।

११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा व्यास नगरपालिका -३ स्थित खुलाचौरमा आज देखि मेला सुरु गरिएको हो  । मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सभासद अशोक कुमार श्रेष्ठले  मेलाले उत्पादनको बिक्रीको लागि सहज हुने बताउँदै महिला हरुलाई उद्यमशील बनाउन यस्ता मेला र महोत्सवले उत्प्रेरणा मिल्ने बताउँदै बिचौलियाको अन्त्य हुने तथा प्रचारप्रसार हुने हुँदा भविष्यमा बिक्रीको सहज वातावरण सृजना हुनेमा जोड दिए ।

महिला उद्यमी सङ्घ नेपाल, तनहुँद्वारा आयोजित यस्ता महोत्सवले महिलाहरू परापूर्वकालदेखि नै उद्यमशीलतामा जोडिएपनि व्यवस्थित बजारीकरणको अभाव भएकोले अघि बढ्न कठिन भएकाले बजारीकरणमा सहयोग पुर्‍याउन मेला कोशेढुङ्गा साबित हुने अध्यक्ष निर्मला मल्लको जोड छ।

 

मेलामा होजियारी, हस्तकला, कृषिजन्य सामग्री का अतिरिक्त गाउँघरमानै उत्पादित खाजाका परम्परागत परिकार लगायतका ५० वटा स्टल रहेका संघकी महासचिव सरु श्रेष्ठले प्रहार समाचारलाई बताईन् । मेलामा तनहुँ जिल्लाका अतिरिक्त हिमाल पारिको जिल्ला मुस्ताङ बाट समेत मार्का फलफुल तथा तरकारी प्रशोधन उद्योगका संञ्चालक सुकुन रसाईली बिकको समेत सहभागीता रहेको छ। २७ गते सम्म चल्ने मेलामा अवधिभर करिब ४० हजार दर्शकले अवलोकन गर्नुका साथै झण्डै  ८ लाखसम्म कारोवार हुने अपेक्षा गरिएको छ ।

निःशुल्क प्रवेश गरिएको मेलामा गायिका प्रिती आले कला लम्साल लगायत विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती हुने आयोजकले जनाएको छ ।

मेलामा महिला उद्यमीहरूले उत्पादन गरेका हस्तनिर्मित सामानहरू  ढाकाका कपडा , कस्मेटिक सामग्री, दैनिक उपभोग्य सामानहरू, खाद्यान्न सामग्री, साबुन, फिनेल, कृषिजन्य उत्पादन, काष्ठजन्य घर सजावटका सामग्री, परालको गुन्द्री, गुँदको गुन्द्री, अचार ,विभिन्न आर्टहरू राखिएको छ ।

मेलाको  उद्घाटन समरोहमा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला समन्वय समिति तनहुँका उपप्रमुख वासुदेव थापा, व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, पुर्व प्रदेश सभा सदस्य सरिता गुरुङ, डेवाटे विक , महिला उद्यमी संघका केन्द्रीय सदस्य पार्वती रेग्मी , मुस्ताङका अध्यक्ष कुसुम रसाइली बिक, उद्योग वाणिज्य संघ तनहुँका अध्यक्ष बैकुण्ठ मिश्र लगायत राजनीति दलका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button