प्रहार समाचार । काठमाडौं, कार्तिक १४ मंगलबार ।
नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्।
यसैलाई लक्क्षित गरि संसद भवनलाई साजसज्जा गरि चिटिक्क पारिएको छ भने सुरक्षा लाई कडा पारिएको छ । महासचिव गुटेरेसले अपराह्न ४ बजे संसदको संयुक्त बैठकमा सम्बोधन गर्नेछन्।
गुटेरेसले सम्बोधन गर्ने कार्यसूची रहेकाले सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ भने संयुक्त बैठकमा उपस्थित हुँदा सांसदहरूलाई औपचारिक पोषाक लगाउन पनि भनिएको छ। महासचिव गुटेरेसको सम्बोधनपछि उनलाई संसदले धन्यवाद ज्ञापन गर्नेछ ।