हेडलाईनसमाचारविजनेससबै प्रदेशसूचना प्रविधि

महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्दै प्राधिकरण : वक्यौता रकम नै डेढ करोड बढि

प्रहार समाचार । तनहुँ, माघ १७ बुधवार। नेपाल विद्युत् प्राधिकरण धनगढीले लामो समयदेखिको महसुल नबुझाउने ग्राहकहरुप्रति निर्मम बन्दै जान थालेको छ। उठ्नु पर्ने रकम दिन प्रतिदिन बढ्दै जान थालेपछि बाध्य भएर प्राधिकरण  विद्युत् लाइन काट्न ( विच्छेद) थालेको छ ।

 

प्राधिकरणले धनगढी विद्युत् वितरण केन्द्रले महसुल बुझाउन पटक–पटक ताकेता गर्दासमेत आनाकानी गर्दै आएका सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत् लाइन यसरी काट्न थालेको हो।

विद्युत प्राधिकरणले धनगढी र अत्तरियामा समयमै विद्युत् महसुल नबुझाउने दुई सय ५३ ग्राहकको विद्युत् लाइन काटेको जनाएको छ । लामो समयदेखि विद्युत् महसुल नबुझाएका ग्राहकको बक्यौता रकम मात्रै एक करोड ५३ लाख ४९ हजार तीन सय ६५ रहेको छ। वितरण केन्द्र धनगढीका प्रमुख मिथिलेशकुमार गोयलका अनुसार विद्युत् लाइन काट्न सुरु गरिएपछि एक सय ८० ग्राहकले महसुल बुझाएका छन् ।

एक महिनाको अवधिमा ती ग्राहकबाट रु ७८ लाख ३७ हजार चार सय ९१ विद्युत महसुलबापतको रकम असुली भएको उनले जानकारी दिए। धनगढी विद्युत् वितरण केन्द्रले मालपोत कार्यालय, नापी, सडकलगायत गरी सातवटा सरकारी कार्यालयको लाइन काटेको छ ।

ती सात कार्यालयले रु छ लाख दुई हजार छ सय सात विद्युत् महसुल बुझाउन बाँकी रहेको वितरण केन्द्रको तथ्याङ्कले देखाएको छ ।लाइन काटिएका सरकारी कार्यालयबाट रु एक लाख ४८ हजार छ सय ४० मात्र विद्युत् महसुलबापतको रकम असुली भएको वितरण केन्द्र प्रमुख गोयलले जानकारी दिए। धनगढी विद्युत् वितरण केन्द्रअन्तर्गत ७९ हजार बढी ग्राहक रहेका छन् । विद्युत् विनियमावलीमा मिटर रिडिङ भएको  ६०औँ दिनसम्म पनि वक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button