हेडलाईनसमाचारसबै प्रदेश

मन्त्रालय भागबण्डा गर्न नयाँ गठबन्धनको बैठक बस्ने :  भागबण्डा गर्नु फलामको चिउरा चपाए जस्तै

प्रहार समाचार । काठमाडौँ , फागुन २२ मंगलवार । गठबन्धन भत्किएर नयाँ सत्ता समीकरण बनेसँगै  गठबन्धनको बैठक आज बस्दै छ ।आठ बुँदे सहमति मै आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने र त्यसरी बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने भनिएता पनि मन्त्रालय बाँडफाँड गर्नु फलामको चिउरा चपाए जस्तै हुने देखिएको छ।

हिंजो प्रधानमन्त्री प्रचण्डले पुराना सबै मन्त्रीलाई हटाई चार सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका थिए । मन्त्रालय भागबण्डा गर्ने बैठक दिउँसो ३ बजे  बस्न लागेको हो ।  गठबन्धनमा मन्त्रालय र सिट बाँडफाँटको टुंगो लगाउन हिंजो नै चार सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलले मन्त्रालय र मन्त्रीबारे टुंगो लगाएर त्यसको विवरण गठबन्धन बैठकमा प्रस्तुत गर्ने बताइएको छ । हाल नयाँ समीकरणबाट तीन जनामात्रै विनाविभागीय मन्त्री बनेका छन् । एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डीपी अर्याल विनाविभागीय मन्त्री बनेका छन् । 

 

गठबन्धनमा चार दल रहे पनि कांग्रेस र राप्रपाबाहेकका दलहरूसँग संवाद अघि बढाइने बताइएको छ । जसअनुसार प्रधानमन्त्री प्रचण्डले सोमबार नै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरिसकेका छन् ।  एमाले-माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पनि नयाँ गठबन्धनमा सामेल  गराउने प्रचण्डको दाऊ रहेको छ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button