प्रहार समाचार । १४ असार २०८१ । भारत टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डलाई ६८ रनले हराउँदै भारत उपाधि नजिक पुगेको हो ।
अब भारतले उपाधिका लागि दक्षिण अफ्रिकासँग खेल्नेछ । दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । फाइनल खेल शनिबार हुनेछ । भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड १६।४ ओभरमा १०३ रनमै अलआउट भयो । उसका लागि ह्यारी ब्रुकले २५, जोस बटलरले २३, जोफ्रा आर्चरले २१ रन जोड्दा बन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भारतलाई जित दिलाउन बलरले उत्कृष्ट भूमिका खेले । अक्षर पटेल र कुलदीप यादवले ३–३ विकेट लिए भने जसप्रित बुमराहले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको भारतले २० ओभरमा ७ विकेट गुमाएर १७१ रन जोडेको थियो
कप्तान रोहित शर्माले ५७, सूर्यकुमार यादवले ४७, हार्दिक पाण्ड्याले २३, रविन्द्र जडेजाले अविजित १७ रन जोडे । बलिङतर्फ इंग्ल्याण्डका क्रिस जोर्डनले ३ तथा आदिल रासिद, साम करन, जोफ्रा आर्चर र रिस टोपलीले १–१ विकेट लिएका थिए ।