हेडलाईनसमाचारसबै प्रदेशखेलकुद

भारतीय क्रिकेटर शिखर धवन काठमाडौंमा : नेपाली ढाका टोपी र पञ्चे बाजाले स्वागत

प्रहार समाचार । काठमाडौँ, १४ मंसिर २०८१ शुक्रवार । भारतीय क्रिकेटर शिखर धवन पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न पहिलो पटक  नेपाल आइपुगेका छन्। उनलाई त्रिभूवन अन्तराष्टिय विमानस्थलमा नेपाली ढाकाटोपी लगाएर तथा पञ्चे बाजा बजाएर स्वागत गरिएको छ।

उनी आज साँझ नेपाल आइपुगेका हुन्। एनपिएल टोली कर्णाली याक्समा आबद्ध धवनलाई कर्णालीले एक खेलको ३० हजार अमेरिकी डलरमा नेपाल भित्र्याएको हो। उनले कम्तिमा चार खेल खेल्ने छन् ।

 

‘नेपालमा पहिलो पटक आएको छु। धेरै खुसी लागेको छ। कर्णाली याक्स र नेपालका स्थानीय खेलाडीसँग उत्साहित छु,’ उनले भने खेलबाहेक नेपालको प्रसिद्ध धार्मिक तिर्थस्थल पशुपतिनाथको दर्शन तथा सगरमाथाको अवलोकन गर्ने बताएका छन् ।

उनले नेपाली क्रिकेटर सन्दीप लामिछानेका साथ खेलेको स्मरण गर्दै अब एनपिएल खेलेपछि नेपाली खेलाडीबारे झन निकट हुने बताए । गत वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका धवनले संन्यास लिएका खेलाडीलाई मात्र विदेशी लिग खेल्न भारतीय क्रिकेट नियन्त्रण बोर्ड अनुमति दिने भएकाले नेपाल आएका हुन्। नेपाल अत्यान्तै सुन्दर देश भएकोले आफू थप उत्सुक रहेको उनले बताए ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button