प्रहार समाचार । भारत २२ असार २०८१ । भारतको मेघालय सुत्ंगा, जयन्तिया हिल्समा चार नेपालीको घाँटी रेटेर निर्मम हत्या गरिएको छ ।
कोइलाखानीमा काम गर्ने गएका ४ जना भोजपुर र धरानको भएको जनाईएको छ । मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाडाँ सो घटना भएको न्यूज एजेन्सी नेपालका भारत प्रतिनिधिले जनाएका छन् । उनिहरुको विस्तृत विवरण भने खुल्न सकेको छैन ।