प्रहार समाचार । भारत, माघ ५ शुक्रबार । 1भारतको गुजरातमा डुङ्गा पल्टिँदा १४ जनाको ज्यान गएको छ । वडोदराको हरनी तालमा हिजो भएको दुर्घटनामा १२ जना बालबालिका र दुई जना शिक्षकको ज्यान गएको बीबीसीले जनाएको छ ।
दुर्घटनामा छ जना बेपत्ता भएका छन् । डुङ्गामा २७ जना थिए । दुङ्गामा रहेकामा सात जनालाई उद्धार गरेर अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
उता प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका आफन्तलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।