हेडलाईनसमाचारसबै प्रदेश

भारतकै भर : ठूलो परिमाणमा चिनी आयात गरिदै

प्रहार समाचार । काठमाडौँ, कार्तिक १७ शुक्रबार ।

खेतियोग्य जमिन बाँझै । युवाहरू विदेश पलायन । भएका उद्योगधन्दा तथा कलकारखाना बन्द । हाम्रो देशमा नुन देखि सुन सम्म बाहिरी देशकै भरपर्नु पर्ने । उखु उत्पादनको राम्रो सम्भाबना रहेको हाम्रो देशमा आवश्यक चिनी विदेशबाट आयात गर्नुपर्ने बाध्यता कहिल्यै अन्त्य हुन सकेन ।


यसै परिप्रेक्षमा सरकारले तिहारलाई मध्यनजर गर्दै भारतबाट २५ हजार मेट्रिक टन चिनी आयात गर्ने भएको छ ।

 

तिहारमा चिनीको अभाव नहोस् भनेर जीटुजीमार्फत २५ हजार मेट्रिक टन चिनी आयात गर्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता विभागका निर्देशक एवं सूचना अधिकारी आनन्दराज पोखरेलले जानकारी दिए । 

त्यस्तै उनले उपभोक्तालाई चिनी वितरणका लागि प्रहरी प्रशासन परिचालन गरिएको पनि बताए । विभागले सादा पोशाकमा कालाबजारी गर्ने व्यापारीको गोदाममा छापा हानिरहेको पनि उनको भनाइ छ ।

अत्यधिक माग भएका बेला दसैंमा चिनीको हाहाकार भएको थियो । उपत्यकाबाहिरका केही जिल्लामा चिनी पाइए पनि काठमाडौंमा भने अभाव नै कायम रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार बिहान उद्योग तथा वाणिज्य मन्त्री तथा मुख्यसचिवलाई चिनीको अभाव सिर्जना हुन नदिन सबै उपायको खोजी गर्न निर्देशन दिएका थिए ।

सरकारले तिहारअघि नै भारतबाट २५ हजार मेट्रिक टन चिनी आयात गर्ने भएको छ ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button