हेडलाईनव्याससमाचारगण्डकीविजनेस

भाडा बुझाउन व्यापारीलाई व्यास नगरपालिकाको ताकेता

प्रहार समाचार । तनहुँ, चैत १० । व्यास नगरपालिकाले आफ्नो स्वामित्वमा रहेका सटर भाडामा बस्ने केही व्यवसायीहरुले नियमित भाडा नबुझाएकाले भाडा बुझाउनका लागि ताकेता गरेको छ ।

नगरपालिकाले  अन्तिम पटक भनेर  ७ दिने म्याद दिने निर्णय गरेको छ । व्यासका नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको व्यास नगर कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । ‘हामीले पटक पटक सूचना गर्यौ, अटेरी गरेपछि सात दिने अन्तिम म्यान दिन नगरपालिका बाध्य भयो भाडा तिर्नु पर्छ नत्र कानुन बमोजिम कारबाहि हुन्छ’ नगर प्रमुख न्यौपानेले भने ।

 

उक्त अवधिभित्र नबुझाएमा कानुन बमोजिम सम्झौता रद्द गरी भाडा उठाउन कानुनी प्रकृया अघि बढाउने निर्णय गरेको नगरपालिकाले जनाएको छ। केहि व्यापारीहले नगरपालिकालाई बुझाउनुपर्ने भाडा लामो समयदेखि बुझाएका छैनन् ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button