प्रहार समाचार । चितवन, जेठ ३ ।
नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रतिको सडक दुर्घटनामा परि निधन भएको २३ वर्ष भएको छ । २३ वर्ष बितिसक्दा पनि दुर्घटना की हत्या अझै सम्म सङ्काकै घेरामा रहनु झन आसङ्काको विषय बनेको छ ।
जस्का कारण नेकपा एमाले प्रति जनताले हेर्ने दृष्टिकोण पनि सङ्काकै घेरामा रहेको छ। मदन भण्डारीकी धर्म पत्नि विद्यादेवी भण्डारी दुई दुई पल्ट देशको राष्ट्रपति भई सक्दा पनि सत्य तत्थ्य कुरा बाहिर नआउनुले झन रहस्यमय बनाइदिएको विश्लेषकहरुको मत छ।
वि.सं.२०५० साल जेठ ३ गते आजकै दिन पोखरामा भएको एमालेको जिल्ला अधिबेशन सकेर चितवनमा हुने अखिल नेपाल महिला संघको भेलामा आउदै गर्दा भण्डारी र आश्रति चढेको चढेको पजेरो जीप चितवनकै दास ढुङ्गामा दुर्घटनामा परेको थियो । दुर्घटनामा जिप चालक अमर लामा जिवित रहनु र पछि उनको हत्या हुनुले नागरिकले दुर्घटना रहस्यमय मान्दै आएका छन् ।
यसैको सम्झनामा नेकपा एमाले चितवनको आयोजनामा दासढुंगाको मदन स्मृति पार्कमा आज ३१ औं मदन आश्रित स्मृति दिवस भरतपुरको दासढुंगामा स्मृति सभा हुने भएको छ ।
दासढुंगाको मदन स्मृति पार्कमा सभा हुने नेकपा एमाले चितवनका उपसचिव एवम् पार्टी प्रचार विभाग प्रमुख प्रकाश ढुंगानाले जानकारी दिए ।
बिहान ७ बजे पार्टी कार्यालय चितवनमा जम्मा भएर ०७ः३० बजे कार्यक्रम स्थलमा प्रस्थान गर्ने र ८ बजेबाट कार्यक्रम सुरु गर्ने समय तालिका बनाइएको ढुंगानाले जानकारी दिए ।