•विजय अधिकारी / लमजुङ २६ असार २०८१ । लमजुङको दुधपोखरी गाउँ पालिकाका लेखा अधिकृत नरेन्द्रराज घिमिरे बुबाको किरिया कर्म सङ्गै जनताको सेवा प्रवाहमा निरन्तर लागि रहेका छन् ।
सामान्यतया किरिया पुत्रिले किरिया कर्म बाहेक अन्य काम गर्न हुदैन भन्ने मान्यता छ । तर , लमजुङ राइनास नगरपालिकाब वडा नम्बर १ साहिलिटारका नरेन्द्रराज घिमिरे भने बुबाको किरिया कर्ममा रहेर पनि कार्यालयको काममा खटि रहेका छन । उनलाई अहिले पित्री शोक परेको छ । उनका बुबा दुर्गादत्त घिमिरेको ८२ वर्षको उमेरमा यही असार १९ गते निधन भएको थियो । अहिले उनी बुबाको किरिया कर्मका लागि घरमा छन् । बुबाको किरियामा रहेपनी उनलेे कार्यालयको काम छोडेका छैनन् ।
आर्थिक वर्ष सकिनै लागेकोले यति वेला सरकारी कार्यालयहरुमा असाध्यै चाप छ । विशेष गरि यो आर्थिक वर्ष भित्र सञ्चालन भएका योजना देखि कार्यालय मा हुने अन्य थुप्रै काम कामकारबाहीका भुक्तानी दिने म्याद सकिने समय भएकाले पनि कार्यालयमा चाप बढेको छ ।
सरकारी कार्यालय भन्दा पनि स्थानीय निकायहरूको आर्थिक भुक्तानीको काम भ्याई नभ्याइ उस्तै छ । वर्षभरी सञ्चालन भएका योजनाको वाकी भुक्तानी लिन पालिकाहरुमा सरोकारवालाहरुको भिड लागेको छ । कार्यालयका प्रमुख तोक लगाउदैमा र लेखा अधिकृतलाई भुक्तानी दिन भ्याइनभ्याई छ ।
तर,लेखा अधिकृत घिमिरले बुबाको किरियामा रहेपनि कार्यालयको काम छोडेका छैनन । सामान्यतया किरिया पुत्रीले किरिया कर्म बाहेक अन्य काम गर्न हुदैन भनिन्छ । तर, घिमिरेले यतिबेला कार्यालयको काम नगर्ने हो भने धेरै जसोको आर्थिक चौपट हुन्छ जहाजै डुब्छ । कार्यालय बाट सम्पादन हुने कैयौं योजनाको भुक्तानी देखि कार्यालयका कर्मचारीहरुको तलबभत्ता समेत रोकिन्छ । लेखा अधिकृतको पदिय जिम्मेवारीका कारण घिमिरेले घर बाटै कार्यालयको काम भ्याइनभ्याई गरिरहेका गाउँ पालिकाका अध्यक्ष धन प्रसाद गुरुङले जानकारी दिए।
घिमिरे भन्छन – ” आर्थिक बर्ष सकिन लागेको बेला मेरो कारणले विकास निर्माणका योजनाको भुक्तानी , कर्मचारीहरुको तलब लगायत अरु धेरै महत्त्वपूर्ण कामहरू प्रभावित नहुन, जनताको सेवा प्रवाहमा असर नपरोस् भनेर यो दु:ख र शोकको घडीमा पनि लेखा अधिकृतको पदिय जिम्मेवारीले घर बाट नै कार्यालयको काम नियमित गरेको हुँ।
किरियामा बसेका लेखा अधिकृत घिमिरेलाई गाउँ पालिकाको कार्यालयबाट आवश्यक फाइल, विल,भर्पाइ घरमै लागिदिएको र ती फाइल,विल भर्पाइ हेरेर उनले घर बाट ईन्टरनेटको माध्यमले भुक्तानी गरिरहेका गाउँ पालिका प्रशासन प्रमुख रमण बरालले बताए ।
कार्यालयको लेखा संग संबंधित सबै काम लेखा अधिकृत घिमिरेकै जिम्मामा हुन्छ । उनको अनुपस्थितिले कार्यालयका दैनिक काम काज प्रभावित हुन्छन् । तर , प्रविधिको सहयोगमा घर बाटै कार्यालयको काम गर्न पाउदा अत्यन्तै खुशी लागेको उनले बताए ।
हुन त सरकारी नियम अनुसार उनले बुबाको किरियाको लागि १५ दिनको विदा पाउछन् । यो विदामा उनलाई काम गर्न पर्दैन । तर , आर्थिक वर्षको समाप्ति का बेला उनले काम नगर्दा कार्यालय बाट हुनु पर्ने भुक्तानी रोकिएर धेरै समस्या आउन सक्ने भएकाले घर बाटै भए पनि कार्यालयको काम गरेको उनलेे बताए ।
दुधपोखरी गाउँ पालिकाका प्रशासकीय अधिकृत टीका बहादुर गोदारले लेखा अधिकृत किरियामा रहेपनि उनलेे सम्पादन गर्नुपर्ने काम घर बाटै गरिरहेका र कुनै पनि काम नरोकिएको जानकारी दिए ।