हेडलाईनसमाचारप्रवास

बिहारमा तीनवटा पुल भत्कियो : सरकारमाथि नै प्रश्न

प्रहार समाचार । भारत १९ असार २०८१ । भारतको बिहारमा एक पछि अर्को गर्दै तीनवटा मोटरएवल पक्की पुल भत्किएका छन् । अविरल वर्षाका कारण केही घण्टामै तीन वटा पुल भत्किए पछि पुलको गुणस्तरलाई लिएर बिहारका जनताले सरकारलाई प्रश्न गरेका छन् ।

सुरुमा महाराजगन्ज उपविभागको पाटेधा गाउँ र देवरिया गाउँको बिचको एउटा पुल भत्किएको थियो ।  पुलको एउटा पिल्लर धसिन सुरु भएको केही बेरमै पुल लडेर गण्डक नदीमा डुब्यो । दोस्रो घटना महाराजगन्ज ब्लकको तेवाथा पञ्चायतको नौतन र सिकन्दरपुर गाउँपालिकाको गण्डक खोलामा बनेको पुल पनि भत्कियो । त्यस पछि धिमही गाउँमा गण्डक नदीमा तेस्रो पुल बनिरहेको थियो । सो पुल पनि ढलेको छ । केही दिनअघि मात्रै सो पुलको मर्मत भएको बताइएको  । तर पनि पुल भत्कियो । पानीको तीव्र बहाव सहन नसकेर पुल भत्किएको बताइएको भएतापनि पुलको गुणस्तरमा प्रश्न उठेको छ ।

 

पुलहरू भत्किएपछि कयौँ गाउँहरूबिच आउजाउ प्रभावित भएको छ । यति बेला पुल बनाउने काममाथि नै जनताहरूले प्रश्न उठाइरहेको भारतीय समाचार एजेन्सीहरुले जनाएका छन् । यसअघि मधुबनी जिल्लाको मधेपुर ब्लकमा रहेको भेजा कोशी बाँध चोकदेखि महापटिया मुख्य सडकको नजिकै लालवाढीमा पुल भत्किएको थियो ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button