दमौली खबर संवाददाता
दमौली, भदौ २१
६ का पूर्व वडा अध्यक्ष तथा नेका–पूर्व जिल्ला सदस्य सन्तवहादुर गुरुङका कान्छो सुपुत्र भक्ति गुरुङको निधन प्रति विपी विचार समाज तनहुँले समवेदना प्रकट गरेको छ । समाजले बुधबार गुरुङ व्यास नगरपालिका–६ मा पुगेर समवेदना प्रकट गरेको हो । अमेरिकामा सडक दुर्घटनामा परी गुरुङको निधन भएको थियो । शोकको यो क्षणमा स्वगीय आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा पर्न गएको पीडा प्रति समवेदना व्यक्त गर्दै मृत आत्मा प्रति हार्दिक श्रद्धांजली अर्पण गरिएको थियो ।
उक्त श्रद्धाञ्जली सभामा विपि विचार समाजका केन्द्रीय सदस्य सुकुमलाल गुरुङ, प्रदेश सचिव परशराम गिरी , युवा नेता दीपकराज जोशी, क्षेत्र नम्बर १ का सभापति केशर बहादुर गुरुङ, समाजका जिल्ला सहसचिव केशमाया गुरुङ केसु सदस्यहरु माधव खनाल, इंन्जिनियर दीर्घबहादुर थापा, प्रताप सिंह अधिकारी, इन्द्रबहादुर दरै र जीतबहादुर थापा मगर र सूर्यभक्त अधिकारी लगायतका व्यक्तिहरु स्वर्गिय गुरुङ प्रति समवेदना प्रकट गरेका थिए ।