हेडलाईनसमाचारसबै प्रदेशस्वास्थ्य

बाइसौं सत्याग्रहमा डाक्टर गोविन्द केसी

प्रहार समाचार । काठमाडौँ, बैशाख २९ । सरकारले आफ्ना माग पूरा नगरेपछि स्वास्थ्य क्षेत्रका अभियान्ता डाक्टर गोविन्द केसीले आजबाट बाइसौं सत्याग्रह सुरू गरेका छन्।

विभिन्न चार माग राखेर शनिबार अपराह्न ४ बजेदेखि उनले सत्याग्रह सुरू गरेका हुन्।
अन्तिम अल्टिमेटमको अवधिमा पनि हाम्रा मागहरू सम्बोधन नभएको हुनाले आज २०८१ वैशाख २९ गते ४ बजेदेखि बाइसौं सत्याग्रह सुरू गर्ने घोषणा गर्दछौं,’ पत्रकार सम्मेलन गर्दै उनले भनेका छन्।

सशस्त्र द्वन्द्वकालमा मानवता विरोधी घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरून्त राजीनामा। निष्पक्ष रूपमा र पीडितहरूले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गरिनुपर्ने केशीको पहिलो माग छ।

 

त्यसै गरी उनको सबै नेपालीलाई गुणस्तरीय साथै नि:शुल्क औषधि उपचारको व्यवस्था गरियोस् भन्ने दोस्रो माग छ।
जनताको नाममा हामीसँग भएका शिक्षा र १ क्षेत्रमा  सुधार र सबैको समान पहुँच सम्बन्धी – गेटामा तुरून्त प्रतिष्ठान सञ्चालन गर्ने, गण्डकी र मधेस प्रदेश साथै इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज /प्रतिष्ठान तुरून्त निर्माण गर्न, विश्वविद्यालय र  स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धी उच्च शिक्षा ऐन र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धी ऐन तुरून्त पारित गर्न लगायत सबै सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने केसीको चौथो माग रहेको छ ।

यसै गरि डा केसीको पाचौँ तथा अन्तिम माग कार्की आयोगले दोषी ठहर्‍याएका व्यक्तिहरूलाई कारबाही गर्नु पर्ने रहेको छ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button