प्रहार समाचार। तनहुँ ,कात्तिक १।
तनहुँको बन्दीपुर गाउँपालिकाले अस्पतालको पहुँच भन्दा बाहिर रहेका जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै गाउँघरमा नै स्वास्थ्य शिविर गर्न थालेकाे छ।
अस्पलाल सम्म आउन नसक्ने बृद्द-बृद्दा,महिला,बालबालिका ,अशक्त ,अपाङ्गता भएकाहरुले शिविरबाट ठूलाे राहत पाएकाे पालिकाले जनाएकाे छ।पछिल्लेा पटक पालिकाले चिकित्सक सहितकाे विशेषज्ञ टाेलिले बन्दीपुर ६ ग्याजाटार र साराङ्घाटमा आँखाशिबिरकाे आयाेजनागरि ९३ जना बिरामीहरुकाे आँखा परिक्षणगरि अवस्था अनुसार ओैषधी वितरण गरिएकाे बन्दीपुर अस्पतालका डाक्टर सबना मियाले बताईन्।पालिकाका अध्यक्ष सुरेन्द्र थापा अस्पतालकाे पहुँचबाट टाढा रहेका जनतालाई गाउँमै पुगेर स्वास्थ्य उपचार पालिकाले दिनुपर्छ भन्ने उदेश्यले हरेक पन्ध्र पन्ध्र दिनमा वडागत तालिका बनाएर स्वास्थ्य शिविर गरिने बताउँछन् ।
Dherai ramroo