प्रहार समाचार । तनहुँ, मंसिर २० बुधबार ।
.बन्दिपुर गाउँपालिका भित्र रहेका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी, अव्यवस्थित बसोबासीहरूको पहिचान लागत संकलन पछि जग्गा वितरणका लागि स्थलगत रुपमा जग्गाको नापनक्साको काम सुरु भएको छ ।
भूमि आयोग तनहुँ र बन्दीपुर गाउँपालिकाका प्राविधिकहरूको संयुक्त टोलीले मंगलबारबाट जग्गाहरुको नाप नक्साको काम सुरु गरेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।
बन्दिपुर गाउँपालिका वडा नम्बर १ भैसी गोठबाट नाप नक्साको काम सुरु गरिएको हो। उक्त कार्य अन्तर्गत बन्दीपुर गाउँ पालिका भित्र ३५ सय भन्दाबढी कित्ताहरू रहेका छन्। भूमि ऐन २०२१ बमोजिम नापजाँच गरि स्थानियले भोग चलन गरेकाे जग्गाहरुको विवरण भूमिआयोगमा पठाई ने छ ।
छानबिनको काम टुङ्गीएपछि छिटो भन्दा छिटो कामलाई टुङ्गोमा पुर्याइ वर्षौदेखि भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या टुङ्याएर जग्गा वितरण गरिने बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवेश राज हमालले बताए ।