हेडलाईनसमाचारबागमतीखेलकुद

फिफा विश्वकप २६ मा खेल्ने नेपाली राष्ट्रिय टिम घोषणा

प्रहार समाचार । काठमाडौं, कार्तिक २४ शुक्रबार ।
फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा युएईविरुद्ध खेल्ने नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले शुक्रबार अन्तिम टोली घोषणा गरेका हुन्। नेपालले बिहीबार युएईसँग खेल्नेछ। त्यसका लागि नेपाली टिम आइतबार त्यसतर्फ जानेछ। गोलकिपरहरुमा किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल रहने छन् भने डिफेन्डरमा सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा, योगेश गुरुङ रहेका छन् ।


त्यस्तै मिडफिल्डरमा लकेन लिम्बु, उत्सव राई, कृतिश रत्न छिन्जु, मनिष डाँगी, सेसेहाङ आङ्देम्बे, निशान हमाल तथा फरवार्डमा अन्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, राजेश परियार रहेका छन् ।

 

नेपालले समूह ‘एच’ मा प्रतिस्पर्धा गर्दै :

यसै बिच विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा नेपालले समूह ‘एच’ मा प्रतिस्पर्धा गर्दैछ।
समूहमा  नेपालसँगै युएई, बहराइन र यमन छन्।  नेपाल र यमनबीचको खेल दशरथ रंगशालामा हुनेछ। 

फिफा वरीयतामा युएई ६९औं स्थानमा छ। युएई समूहको सबैभन्दा बलियो टिम हो। बहराइन ८३औं र यमन १५६औं स्थानमा रहदा नेपाल १७३औं स्थानमा छ।

छनोटको पहिलो खेलमा नेपालले युएईसँग खेल्दैछ। नेपाल र युएईबीचको खेल कात्तिक ३० मा हुनेछ। यो खेल युएईको दुबईमा हुनेछ। 

युएईसँग खेलेको पाँच दिनमा नेपालले दोस्रो खेल घरेलु मैदानमै खेल्नेछ। नेपालले मंसिर ५ मा यमनसँग दोस्रो खेल खेल्नेछ। 
नेपाल र यमनबीचको खेल दशरथ रंगशालामा हुनेछ।

दोस्रो चरणका खेलहरू होम एन्ड अवेका आधारमा हुनेछन्। नेपालले तीनै टिमसँग होम एन्ड अवे गरी २-२ खेल गरी ६ खेल खेल्नेछ। दोस्रो चरणको छनोटको अन्तिम खेल ६ जुनमा हुनेछ। 

चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छनोट हुनेछन् भने विश्वकपको तेस्रो चरणका लागि छानिनेछन्। पुछारका दुई टिमको विश्वकप छनोट यात्रा सकिदा एसिया कपको तेस्रो चरणमा स्थान बन्नेछ

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button