हेडलाईनसमाचारसबै प्रदेशसूचना प्रविधि

मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

प्रहार समाचार । बागलुङ २६ असार २०८१ । मङ्गलबार साँझदेखि परेको निरन्तरको वर्षासँगै खसेको पहिरोले पूर्वपश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । गलकोट नगरपालिका–१ दुदीलाभाटीमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । 

भिरालो जमिनमा पहिरो निरन्तर बगिरहेकाले सडक खुलाउन कठिन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

उनले प्रहरी र स्थानीयले पहिरो पन्छाउने प्रयास गरिरहेका बताए । लोकमार्ग अवरुद्ध हुँदा पश्चिम बागलुङ र छिमेकी जिल्ला रुकुमबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन दुदिलाभाटीमा रोकिएका छन् ।

 

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरमा ठाउँठाउँमा खसेको पहिरोका कारण चार दिनयता सवारी आवागमन रोकिएकाे छ । पहिराेले सडकको ‘ट्रयाक’ नै बगाएका कारण करिडोर सञ्चालनका लागि कठिनाइ भइरहेको छ  ।
जिल्लामा रहेका दुई ठूला राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा बागलुङका स्थानीय सडकमा चल्ने सवारीसाधन रोकिएका छन् । –रासस–

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button