हेडलाईनसमाचारसबै प्रदेश

प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्री मण्डल पुनर्गठन : आफैले राखे २८ मन्त्रालय , रास्वपा पनि सरकारमा

प्रहार समाचार । काठमाडौँ, फागुन २१ सोमवार ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज .मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । तीन जना विनाविभागीय मन्त्रीहरुले शपद लिए छन् ।

शपथ लिने मन्त्रीहरुमा नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा एमालेका पदम गिरी र रास्वपाका डोलप्रसाद अर्याल रहेका छन् । उनिहरुले आज नै राष्ट्रपति कार्यालयमा शपथ लिएका छन् ।​ प्रधानमन्त्री प्रयण्डले २८ मन्त्रालय आफै राखेका छन्।

 

( यस्तो छ मन्त्रीमण्डल )

गत वर्ष पुस १० गते एमाले सरकारमा सहभागी हुँदा पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री र अर्याल श्रम तथा रोजगार मन्त्री थिए । प्रधानमन्त्री ले आफूले राखेका२८ मन्त्रालयहरुमाअर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कानून, न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपन्छी विकास, खानेपानी, गृह, परराष्ट्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, रक्षा, वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि, शहरी विकास र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय रहेका छन्। चर्का कुरा गर्ने सरकारमा नजाने अडान लिएको रास्वपा पनि अब सरकारमा सामेल भएको छ ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button