प्रहार समाचार । काठमाडौँ, जेठ २४ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लाई शुभकामना दिएका छन्।
लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षीलाई बुधबार फोन गरेर शुभकामना दिएका हुन् ।
त्यस अवसरमा उनीहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा सङ्क्षिप्त कुराकानी भएको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ ।